२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

रेशम चौधरीलाई रिहाइको माग गर्दै आन्दोलनकारीसँगै माइतीघरमा गृहमन्त्रीको धर्ना

गृहमन्‍त्री रामबहादुर थापा रेशम चौधरी र लक्ष्मण चौधरीलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन् । रेशम र लक्ष्मणलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

उनकाअनुसार थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएका थापाले सडकमा बसेर सम्बोधन गरेका थिए । आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आन्दोलनकारीका समस्या र माग बारेमा सरकारको ध्यान गएको बताए ।

उनले माग सम्‍बोधनका लागि सरकारले वार्ता टोली बनाउने समेत आश्‍वासन दिए । थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरूको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरूको रिहाइको माग गर्दै धर्नामा छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।