२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

हिजो हसाउने धुर्मुस अहिले किन आखामा आँशु लिएर आए !

धनगढी : सिताराम कट्टेल’धुर्मुस’को नाम सुनेर धेरैलाई लाग्छ हसाउने कलाकार भनेर । उनी सहभागी हुने सांस्कृतिक कार्यक्रम बाक्लो भिड हुन्थ्यो भने हास्यकलाकार पेट मिचिमिची हसाउन्थे । तर तिनै हास्यकलाकार ६ बर्षदेखी नत आरामले परिवारसङ्ग रमाउन पाएका छन् । उनको त्यो हसिलो मुहारमा अहिले ती आँखाबाट आँसु आउनै लागेको देखिन्छ । उनको आखामा परिवारको पिडाले आशु आउन लागेको होईन । गौरवशाली अभियानमा खटिएको संघर्षको पिडाको आँसु हो ।

मंगलबार धनगढीमा बोलन्या थलीको सेटमा भने मन भकानिन्छ । यदि यो मन भकानिने हो भने त्यो मन भित्रका भावना सात दिनसम्म पनि नसकिने बताए । आज आम नागरिकको प्रेरणाले त्यो मन थाम्न साहस भएको बताए । देशकै गौरवशाली योजनागौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा निरन्तर खटिरहेका धुर्मुस सुन्तली फाउन्डेसन क्रिकेट रंगशाला अन्तिम तयारीमा रहेको क्रिकेट रंगशालालाई पुर्णता दिन अहिले सेति-महाकाली अभियान जुटेको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस सहित उहाँको अभियानमा आवद्ध टोलिसहित पश्चिमको महाकालीबाट चैत १० गते सेति- महाकाली अभियानको थालनी गरेका छन् । चैत १३ गतै कैलालीको धनगढीमा अभियानको कार्यक्रम रहेने जानकारी गराए । गौतम बुद्वा अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माणमा आर्थिक संकट बढ्दै गएपछि मेची–महाकाली अभियानमा निस्किएका छन् ।

सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरूले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरेका थिए । अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रूपन्देही, परासी, नवलपुर र चितवनसम्म आउनेछ । रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुने धुर्मुस सुन्तली फाउन्डेसले जनाएको छ । सेति-महाकाली अभियान एकताको सन्देश रहेको फाउन्डेसनका अध्यक्ष कट्टेल बताए । हिमाल,पहाड र तराईमा रहेको विभिन्न पहिचान,संस्कृती र रहनसहनलाई यो अभियानले एकता गर्ने बताए । हरेक ब्यक्तिले यो अभियानलाई एक सय रकम सहयोगले पनि बैशाखमा क्रीकेट रंगशाला निर्माण हुने त्यसका लागि देशप्रेमीलाई सहयोगका लागि अपिल गरेका छन् । एक जिलाबाट रंगशालामा एक कक्षमा निर्माणका लागी पनि आउने अपेक्षा गरे । कैलाली,कंचनपुरका नागरिकको ठुलो सहयोग रहेने बताए । कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसमा आवद्ध ब्यक्तिले गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माण बिकासको आन्दोलन भएको सम्पुर्ण नागरिकले सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले एक महिनाको पारिश्रमिक र मुख्यमन्त्री कार्यालयका प्रमुख स्वकिय सचिव शिव ओलिले १० हजार गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशालालाई दिने घोषणा गरे । यस्त कैलाली उद्योग बाणिज्य संघका सचीव सिद्धराज पनेरूले दुई हजार, ज्ञान शाहीले एक हजार , डिल्ली राज ओझाले पाँच सय पाँच,कृतिजङ्ग शाहले पाँच आर्थिक सहयोग गरेका थिए ।

क्रिकेट रंगशाला भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण भइरहेको छ । डिपिआरअनुसार तीन अर्ब ५५ करोड रुपैयाँ खर्च अनुमान गरिएको रंगशाला निर्माणको झन्डै ३३ करोड रुपैयाँ संकलन भएको छ । हालसम्म ४४ करोडभन्दा बढी रकम खर्च भएको फाउन्डेसनले जनाएको छ । ५० करोड कबोल रकम उठ्न बाँकी छ । फाउन्डेसन अहिले करिब १२ करोड ऋणमा छ । रंगशाला उधारोमा बनिरहेको छ । रंगशालाका लागि बोलकबोल भएको रकम पनि उठ्न नसकेको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए। २०७५ साल माघ १६ गते उद्घाटन क्रममा प्रधानमन्त्री केपी शर्मा ओलिले अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माणमा सरकार सहयोग रहने बताएका थिए । यस्तै सांसदसहित विभिन्न दलका नेताहरूको उपस्थितिमा सहयोगमा यो अभियान घोषणा गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।