२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कंचनपुरकाे शुक्लाफाँटामा ५ दिने याेग शिविर शुरू

कंचनपुरकाे शुक्लाफाँटा नगरपालिका वडानं १०झलारिमा ५ दिने याेग शिविर शुरू भएकाे छ। झलारिकाे श्री कृष्ण माविकाे प्राङ्गणमा शुरू भएकाे याेग शिविरमा ५ सय भन्दा वढिले सहभागी भई लाभ लिएका छन्।याेग शिविरकाे उद्घाटन गर्न भारतकाे हरिद्वार वाट साध्वि देवादिति आएकि हुन्।

कार्यक्रमको उद्घाटन शुक्लाफाँटाका नगर प्रमुख दिल वहादुर ऐरले संयुक्तरूपमा गरेकाे आयाेकले जानकारि दिएका हुन्।पतंन्जलि याेग समिति शुक्लाफाँटाकाे आयाेजनामा संगै पतंन्जलि याेग समिति कंचनपुरकाे सहजिकरणमा जारि शिविरमा शुक्लाफाँटा नगरपालिका काे विशेष सहयाेगमा कार्यक्रम हुन लागेकाे हाे।याेग शिविर चैत ९गतेसम्म चल्नेछ।

याेग शविर कार्यक्रममा सम्बोधन गर्दै शुक्लाफाँटा नगरपालिका का नगर प्रमुख दिल वहादुर ऐरले याेगकाे महिमाकाे वारेमा बर्णननै गर्न सकिन्न अहिले संसारनै याेगमय भईरहेका वेला शुक्लाफाँटा नगरपालिका पनि याेगमय वातावरण वन्नु शुसिकाे क्षण भन्दै नगर प्रमुख ऐरले भने विहान सवै सवेरै जागाै,स्वस्थ निराेगि रहन याेग गराै,स्वस्थ समाज समृद्ध मुलुक निर्माणका लागि स्वस्थ्य नागरिकले हुनु जरूरि रहेकाे भन्दै उनले याेगले समाज र व्यक्तिको जिवनमा नयाँ रक्तसञ्चार गरि व्यक्तिमा सकारात्मक चेतना जागृत हुनसक्ने वताए।

पछिल्लो समयमा याेग विज्ञान आयुर्वेदको महत्व विश्वास वढ्दै गईरहेकाे उनकाे भनाई रहेकाे थियाे।

नगर प्रमुख ऐरले भने काेराेना महाँमारिकाे अँध्यारो कालखण्डमा पनि याेग विज्ञान आयुर्वेदकै कारण लाखौंको नागरिकको जीवन सुरक्षित हुन पुगेकाे वताउदै याेगलाई प्रतेक नागरिकको घरघर व्यक्ति व्यक्ति सम्म लैजान अहिलेकाे आवश्यक भईसकेकाे जिकिर गरे।

याेग शिविर कार्यक्रमका सभापति समेत रहेका नगर प्रमुख ऐरले आफुपनि पुरानाे योगि रहदै आए पनि पछिल्लो समय कार्यव्यस्तताका कारण याेगमा समय दिन नसकेकाे स्विकार्दै अव उपरान्त याेगका लागि केही समय मिलाउने वाचा गरे।

शुक्लाफाँटामा जारि बृहत् याेग शिविरमा हरिद्वार तथा विभिन्न क्षेत्रवाट पाल्नु भएका याेग साधकलाई सम्मान स्वागत गर्ने अवसर प्राप्त हुदा खुसि गर्वको अनुभूति भईरहेकाे वताए।

याेगलाई निरन्तरता दिनु जरूरि छ।याेगले सवै नगरवासिलाई जाेड्ने संगै स्वस्थ्य जिवनशैलि अपनाउन सहज हुने वताउदै नगर प्रमुख ऐरले याेग अभियानकाे सफलताकाे कामना गर्दै याेगलाई स्थानिय सरकारले विशेष प्राथमिकता राख्ने प्रतिवद्वता व्यक्त गरेका हुन्।

झलारिमा जारि याेग शिविरमा हरिद्वार वाट आएकि साध्वि देवादितिकाे मुखारविन्द वाट प्रवचन सुन्न संगै उनकाे याेग प्रयायामकाे अद्भुत प्रतिभाको अनुसरण गर्न आएका सयाैकाे संख्यामा रहेका याेग साधक लाभ लिएकाेपतंन्जलि याेग समिति शुक्लाफाँटाका युवा याेग प्रभारि केशवराज पनेरुले जानकारि दिए।

कार्यक्रमकि प्रमुख अतिथि समेत रहेकि साध्वि देवादितिले याेग शिविर कार्यक्रम स्थल नजिकै रहेकाे याेगहल र वैजनाथ मन्दिरकाे समेत अवलोकन गरेकाे पनेरूले वताएका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी वल कंचनपुरका एसपि बिरेन्द्र वहादुर ऐर,ईलाका प्रहरी कार्यालय झलारिका प्रतिनिधि,पतंन्जलि याेग समिति नेपालका केन्द्रिय सदस्य लवराज भट्ट,सुप प्रदेश सदस्य गंगादत्त जाेशि,नारायण दत्त पंन्त,कंचनपुरका जिल्ला अध्यक्ष दयाकृष्ण जाेशि,महिला अध्यक्ष कमला पाण्डे लगायतका याेग प्रशिक्षक,साधक लगायत विशिष्ट व्यक्तित्वकाे उपस्थित रहेकाे कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधि नगर प्रवक्ता जगत वहादुर सिंह, सामाजिक विकास समिति संयाेजक शिवराज पनेरू,१०नं वडा अध्यक्ष लाल वहादुर ऐर,११नं वडा अध्यक्ष दिल वहादुर वुढा,एवं राजनीति कर्मी, शिक्षाप्रेमि,युवा बिद्यार्थी महिला लगायतकाे उल्लेख्य सहभागिता रहेकाे थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।