डडेल्धुरा -समाजसेवामा निरन्तर खटिनु भएकी गुनकेश्वरि खडायतले डडेल्धुराको अमरगढी नगरपालिका–३ मा रहेको जनसेवा प्राथमिक विद्यालय डाँडाकोटमा रहेका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएकाे छ।



समाजसेवी गुनकेश्वरी खडायतले बुधबार तुलसि खडायतकाे समुन्वयमा ३८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएकाे हाे। गुनकेश्वरी पूर्व जलस्रोत मन्त्री लालबहादुर खडायतकी श्रीमती हुन्। उनले अमरगढीमा रहेका बिभिन्न विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री त कतै विद्यालयका वालहरु रंगराेगन , कहि खाजा खुवाउने काममा सहयोग गर्दै आउनु भएकाे छ।

विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरूको पढाईलाई शैक्षिक सामाग्री सहयोग कार्यक्रमले लाभ पुगेको प्रधानाध्यापक डम्बरसिँह भण्डारीले बताउनु भयाे।
उनले शैक्षिक सामाग्रीहरू निःशुल्क रूपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानी–बाबुहरूलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न आग्रह गरे।
विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी गुनकेश्वरीले गरेको सहयोग प्रशंसनीय भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिन्दु पन्तले बताइन्।

यसअघि उनले डडेल्धुराको उग्रतारामा रहेको वेद विद्यालयमा खाना खुवाउने काम गरेकी थिइन् भने जनजोती प्राथमिक विद्यालय आदित्यपुर, त्रिपुरा सुन्दरी आधारभुत विद्यालय बिरखम्बलगाएतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक, जुत्तामोजा, स्विटर तथा फलफूल बितरण गर्नुभएकाे थियाे।


























