२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

कञ्चनपुर प्रशासनले आइतबारदेखि स्थानीय तहगत रूपमा सेवा दिने

कञ्चनपुर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबारदेखि स्थानीय तहगत रुपमा सेवा प्रवाह गर्ने जनाएको छ ।

प्रशासनले सूचना जारी गर्दै स्थानीय तहगत रुपमा सेवा प्रदान गर्ने कार्य तालिका सार्वजनिक गरेको छ। जस अनुसार आईतबार र सोमबार भीमदत्त, पुर्नवास र बेलौरी नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ भने मंगलबार र बुधबार कृष्णपुर र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकाका सेवाग्राहीलाई सबै प्रकारका सेवा प्रदान गरिने प्रशासनले जनाएको छ।

यस्तै बिहिवार र शुक्रबार  बेदकोट र महाकाली नगरपालिका तथा बैलडाँडी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने जारी सूचनामा उल्लेख गरिएको छ।

स्थानीय प्रशासनले कोरोना भाईरसको जोखिम बढिरहेकाले अर्को व्यवस्था नभए सम्मका लागि स्थानीय तहगत रुपमा तोकिएको दिन मात्र सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका  सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले जानकारी दिए ।उनले तोकिएको दिनमा मात्र स्थानीय तहका नागरिकले सेवा लिन आउन आग्रह समेत गरेका छन ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।