२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कञ्चनपुरमा विवाहित युवती मृत फेला, श्रीमान पक्राउ

धनगढीः कञ्चनपुरमा विवाहित युवती मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीमा २२ वर्षीया जयन्ती अवस्थी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले अवस्थी बुधबार घरको आगनमा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको बताए।

उनकाअनुसार मृतक अवस्थीले २२ वर्षीय प्रकाश अवस्थीसँग गत मंसिरमा मात्र विवाह गरेकी थिइन्। घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान प्रकाशलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। 

शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।