धनगढी,५ चैत । भारतबाट धनगढी आएर होटलमा श्रीमानसँगै सुतेकी महिला मृत अवस्थामा फेला परे पछि महिलाका आफ्न्तहरु आन्दोलित भएका छन् । होटलमा महिलाको आत्महत्या नभई हत्या गरेको उनिहरुले दाबी गरेका छन् ।



बिहिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेकी थिईन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
Views: 189

























