काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छकक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो।बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन्।परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए ।



परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ।नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।
https://neb.ntc.net.np/
Views: 511

























