२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

श्रीमान्–श्रीमतीबीचको मनमुटावलाई सम्झौतामा परिवर्तन गर्ने काइदा

वास्तवमा भन्ने हो भने श्रीमान्–श्रीमतीबीच हुने सानो कुराले पनि अथवा मनमुटावले पनि कहिलेकाहिं झगडाको रुप पनि लिन सक्छ ।

सानो झगडाका कारण श्रीमान्–श्रीमतीबीच बोलचाल नै बन्द पनि हुन सक्छ ।

श्रीमान्–श्रीमतीबीच झगडा पऱ्यो भने सम्झौताको पहल चाहिँ कसले गर्ने त ?

त्यसो त सबै झगडाको आकार–प्रकार भिन्दा–भिन्दै हुन्छ ।

त्यसैले कुनै एउटा विशेष शुत्रले ती विभिन्न किसिमका झगडाहरु मिलाउन पर्याप्त हुँदैन ।

आज हामीले त्यस्ता केही जानकारीहरु प्रस्तुत गरेका छौं, जसले तपाईं मौनतालाई भंग गर्न प्रयोग गर्न सक्नु हुन्छ ।

पहिलो तरिका- मनपर्ने व्यञ्जन

यो तरिका अलि पुरानो छ, तर उपयोगी छ । मनको बाटो पेट हुँदै जान्छ भन्ने उखान त हामी सबैले सुनेका नै छौं । रिसाएका पार्टनरलाई कुराकानी गर्न पहलका लागि उसको मन पर्ने व्यञ्जन बनाउन सक्नु हुन्छ । खानामा मिसाइएको प्रेमले पार्टनरको रिसलाई शान्त बनाउन सहयोग पुर्‍याउँछ । तपाईंले बनाउनु भएको खाना संगै बसेर खाँदा तपाईंहरु दुबैले आफुहरुबीच झगडा भएको कुरालाई खुलेर कुरा गर्न सक्नु हुन्छ । त्यसो गर्नाले तपाईंहरुको मूड संग–संगै सम्बन्धमा मिठास पनि घोलिन्छ । तर झगडा कुनै कारणै बिना लामो समयसम्म भैरहनु हुँदैन भन्ने कुरालाई ध्यान दिनु पर्छ ।

दोस्रो तरिका- बोलिचालि शुरु

तपाईंहरु दुवैले झगडा गर्दा एक–अर्कासंग एक शब्द पनि बोल्दिन भनेर कसम खानु भएको हुन सक्छ । त्यस्तो अवस्थामा आफ्नो मनमा उत्पन्न भएका भावनाहरुलाई कागजमा उतार्नु पर्छ । यदि तपाईंलाई लेख्न गाह्रो लाग्छ भने आफ्नो फोनमा टाइप गर्नु पर्छ । यसो गर्नाले तपाईंको मूड विस्तारै–विस्तारै हल्का हुन शुरु हुन्छ, तपाईंको पार्टनरको मात्र होइन ।

तेस्रो तरिका – फोनमा कुरा गर्ने

कहिलेकाहिं आमने–सामुन्ने रहनु अथवा कुराकानी गर्नु भन्दा फोनमा कुराकानी गर्नुको मज्जा नै छुट्टै हुन्छ । यसले तपाईंहरुलाई अझ नजिक भएको महसुस गराउँछ । त्यसैले कहिलेकाहिं घरमा संगै भएको समयमा पनि फोनमा कुराकानी गर्नु आवश्यक छ ।

चौथो तरिका- सरप्राइज दिने

सरप्राइज पाउँदा हाम्रो दिमागले भिन्दै किसिमको प्रतिक्रिया जनाउँछ । जब हामी अकल्पनीय कुराहरु भएको देख्छौं, तब हाम्रो मुड परिर्वतन हुन्छ । हाम्रो दिमागले नयाँ तरिकाले सोच्न थाल्छ । पहिलाको नकारात्मकता एक झट्कामै हराउँछ । अहिलेको लकडाउनमा त बाहिर केही गर्न मिल्दैन । त्यसैले तपाईंले यसका लागि आफ्नो पार्टनरलाई घरमा नै ग्रिटिङ कार्ड बनाएर दिन सक्नु हुन्छ अथवा कोठामा आफ्नो पार्टनरको मन पर्ने गीत बजाउन सक्नु हुन्छ । तपाईंले आफ्नो पार्टनरलाई अनौठो स्र्पश दिएर पनि उसको मन जित्न सक्नु हुन्छ ।

पाँचौं तरिका- माफी माग्नु पर्छ

नियम अनुसार भन्ने हो भने त यो पहिलो तरिका नै हुनु पर्ने हो अर्थात माफी माग्नु । त्यसो त हामीमध्ये अधिकांश मानिसहरुलाई आफ्नो गल्तिको महसुस नै हुँदैन । यदि भयो भने पनि अघिल्तिरको गल्ति यति ठूलो र नराम्रो देखिन्छ कि उसंग माफी मागेर कुरालाई सिध्यानै मन लाग्दैन । तर लकडाउनको समयमा आफ्नो अहम्लाई ताल्चा लगाएर राख्नु भयो भने पार्टनरसंग झगडाको सम्भावना निकै कम हुनेछ । तपाईंको दिन पनि आरामसंग बित्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।