२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कर्णालीमा बेपत्ता दैलेखकी ५ बर्षिया बालिकाको अछाम अस्पतालमा पाेष्टमार्टम

अछाम  । गत फागुन २३ गते कर्णाली नदीमा हाम फालेर बेपत्ता ५ वर्षीया बालिका रजनी बडुवालको शव जिल्ला अस्पताल अछाममा पाेष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।

घटना भएको १० दिनपछि मङ्गलवार अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ स्थित कर्णाली नदी किनारमा भेटिएको दैलेख आठबीस–३ निमायलकी रजनीको शवको आज अछाम जिल्ला अस्पतालमा पाेष्टमार्टम गरी आफन्तलाई शव बुझाइएको अछामका प्रहरी प्रमुख डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

रजनीसँगै नदीमा हाम फालेर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बेलखेतमा भेटिएका उनकी आमा, दुई दिदी र दाइको शव फागुन २६ गते जिल्ला अस्पतालमा पाेष्टमार्टम पश्चात् दाहसंस्कार गरिसकिएको छ ।

दैलेखको आठबीस–३ निमायलकी ३८ वर्षीया सुकी बडुवालले आफ्ना ४ छोराछोरी सहित फागुन २३ गते कर्णाली नदीमा हाम फालेकी थिइन् ।

फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदी किनारामा फेला परेको थियो । फागुन २५ गते सुकी र उनका छोरा ८ वर्षीय ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो ।

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

पति मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

शव प्राप्त भएपछिको अनुसन्धान जिल्ला प्रहरी कार्यालय अछामबाट भइरहेकाे अछामका प्रहरी प्रमुख डिएसपी अर्यालले बताउनुभयो ।

सुकीको पेटमा बच्चा !
४ सन्तानसहित कर्णालीमा हाम फालेकी सुकीको पेटमा बच्चा भएको पाइएको छ ।

अछाम प्रहरी प्रमुख डिएसपी तुल्सीराम अर्यालले दिनुभएको जानकारी अनुसार प्रहरीलाई प्राप्त पाेष्टमार्टम रिपोर्टमा सुकीको पेटमा बच्चा भएको पाइएको हाे । सुकीको पेटमा १४ देखि १६ हप्ताकाे बच्चा रहेको पाइएको हाे ।

जिल्ला अस्पताल अछाममा गरिएको पाेष्टमार्टम अनुसार सुकीको पेटमा करिब ४ महिनाको बच्चा रहेको देखिन्छ ।

यसरी कर्णालीमा हाम फाल्दा सुकीसँगै ६ जनाको ज्यान गएको पाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।