२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

ओलीले डाकेको संसदीय दल र केन्द्रीय कमिटीमा नेपाल समूह नजाने

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेका संसदीय दल र केन्द्रीय कमिटी बैठकमा नजाने घोषणा गरेको छ।

नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भोलि ११ बजे डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमा आफूहरुको सहभागिता नहुने जानकारी दिए। 

‘आज मात्रै हाम्रो मोबाइलमा एसएमएस आएको थियो। भोलि ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको छ। एमालेका नेता र सांसदहरु यहाँ भेलामा थिए भन्ने जानकारी उहाँलाई नभएको होइन’, उनले भने, ‘संसदीय दलको बैठकमा जान्छौँ तर हामीले कार्यव्यस्तताले भोलिको संसदीय दलमा आउन सक्दैनौँ भनेका छौँ।’

उनले चैत ७ गते ओलीले गुट भेला मात्रै गर्न लागेको बताए। ‘चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको होइन’, उनले भने, ‘२८ गते जे बैठक भएको थियो त्यही हुनेछ। त्यसैले हामी त्यहाँ जाने छैनौँ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।