धनगढी, ४ चैत । कैलालीमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षक सहितका जुवाडे पक्राउ परेका छन् ।



बुधबार राति कैलाली गोदावरी नगरपालिका वडा नं १० खमौरा स्थित जंगल क्षेत्रबाट प्रहरीले ३ लाख ३४ हजार नगद सहित डीआईजी सुवेदीका अंग रक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्ट सहितका ५ जुवाडेलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालीका वडा न. ४ घर भई सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ बर्षिय पुस्कर भट्ट, कैलाली धनगढी उप–महानगरपालीका वडा नं. ३ बस्ने बर्ष ४५ बर्षिय डबल चन्द, वडा नम्बर ४ बस्ने ३० बर्षिय बालकृष्ण पनेरु, गोदावरी न.पा. ५ बस्ने ४० बर्षिय टेक बहादुर बिष्ट र कञ्चनपुर भिमदत्त नगरपालीका वडा न. ४ बस्ने ३७ बर्षि सन्तोष चन्द रहेका छन ।
उनिहरुको सचबाट खुल्ला तास ७ गड्डी, सिलबन्दी तास ४ गड्डी फेलापारी बरामद गरेको प्रहरीले जनाएको छ ।

























