२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

रवि ओडको ‘टुटी सक्यो मुटु’सार्वजनिक

प्रेम वियोगमा थिए रवि ओड । नेपाल आइडल सिजन(२ का विजेता रविलाई उनको निकटतम व्यक्तिले धोका दिएका थिए । यही पिडामा उनले एउटा गीत लेखे लेखेर दशरथ सुनारलाई सुनाए । रविले गीतमा आफ्नो भोगाइका कारण सिर्जित मनको बह पोखेका थिए ।

दशरथले हेरेर ‘ओहो १ हो‚ यो त मेरो भोगाइ हो’ भने । गीत बनाउने निधो भयो । अभिनयका लागि प्रिन्स विश्वकर्मालाई रोजियो । उनलाई पनि गीतको शब्द आफ्नै मनको झैँ लाग्यो । यसरी तयार भयो गीत ‘टुटिसक्यो मुटु’ ।

गीतमा रविको शब्द र स्वर रहेको छ । भीम बिसीको सङ्गीत रहेको गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ ।

भिडियोमा प्रिन्सको साथमा अञ्जना बराइली फिचर्ड छिन् । दशरथ निर्देशित भिडियोमा शर्मिला सुनुवारको शृङ्गार, रामकुमार केसीको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

रविको जन्मदिनको अवसर पारेर उनको पहिलो एल्बम ‘द लस्ट’ समेत सार्वजनिक गरियो । राजेश हमालको प्रमुख आतिथ्यतामा उक्त एल्बम सार्वजनिक गरिएको थियो । दश गीत समेटिएको एल्बममा धेरै स्रष्टाको शब्द तथा सङ्गीत समेटिएको छ । पहिलो भिडियो सार्वजनिक भएको एल्बमका अन्य गीतहरू एकपछि अर्को गर्दै भिडियोको रूपमा ल्याउने रविको तयारी रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।