२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

स्वर्गद्वारीमा अपांग बच्चा जन्मियो,उपचार गर्न आर्थिक अभावले घर फर्कन बाध्य

प्यूठान- प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी मनिषा गन्धर्वले उक्त बच्चा जन्माएकी हुन्। जन्मिएको उक्त बच्चा चिकित्सकले उपचारका लागि बुटवल लग्न भने पनी आर्थिक अभाबले उक्त बच्चालाई घर फर्काइएको छ।

उपचारका लागि पैसा नहुँदा बच्चालाई अहिले घरमै राखिएको छ। जन्मिएको बालकको माथिल्लो ओठ छैन भने नाईटोमा सरिरको भित्री अंग बाहिर निस्केको छ ।

त्यस्तै हात-खुट्टा र नाकमा मासू पलाएको छ भने जन्मिदै मूखको दुवै तिर दात उम्रेको छ। शारिरिक रुपमा असक्त बच्चा जन्मिए पछी उक्त परीवार कसरी उपचार गर्ने होला भनेर ठुलो पिडामा परेको छ।

उक्त परिवारको आफ्नो घर छैन भने घर- भाडा तिरेर जलूकेमा बस्दै आएका छन।

बच्चा जन्माएकी महिलाको श्रिमान रोजगारीका लागि भारत गएका छन र उनी पनी बिरामी परेका छन्। यता सासू आमा पाठेघरको क्यान्सर पिडित छिन्।

यस्तो अवस्थामा बच्चाको उपचारका लागि सहयोग गरी बच्चाको ज्यान बचाइदिन सम्पुर्णलाई परिवारले आग्रह गरेको छ। सहयोगका लागि सम्पर्क लक्ष्मी गन्धर्व 9868606425

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।