२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

बाजुरामा पहिरोमा परि बेपत्ता युवकको शव तीन दिनपछि भेटियो

बाजुरा । बाजुरामा बुधबार दिउँसो पहिरोमा परि हराएका एक युवकको शव आज भेटिएको छ।  बुधबार अविरल वर्षासँगै बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका युवकको शव शुक्रबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

साँफे मार्तडी सडकखण्डमा पर्ने अम्कोटमा पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका–१ अम्कोटका २२ वर्षीय धर्मराज पाध्याको शव भेटाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए।

उनका अनुसार बुढीगंगा नदीको छेउमा ढुंगाले च्यापेको अवस्था शव फेला परेको हो। पहिरोमा बेपत्ता भएदेखि नै पाध्याको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले  खोजी गरिरहेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।