२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते

लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा आज दिउँसो चट्याङ पर्दा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर छ ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् । मंगलबार दिउँसो सवा ३ बजे परेको चट्याङबाट विद्यालयको छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् ।

घाइतेमध्ये रेशबहादुरको हात चलेको छैन भने अन्य २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको छ । घाइते विद्यार्थीको पोखरास्थित गण्डकी अस्पताल उपचार भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।