२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्। दोषी ठहरिएपछि फरार रहेका जिल्लाको साविकको परासन गाविसका वडा नम्बर १ च गाउँका ७६ वर्षीय मलाङ तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई घरमै लुकिछिपी रहेको अवस्थामा कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीले भैंसी किनेको पैसा नतिरेको विषयमा विवाद भई कुटपिट हुँदा ज्वाइँ नाता पर्ने लाम्जा तामाङको हत्या गरेका थिए।

उनी २०३६ साल फागुन ८ गतेदेखि फरार थिए। अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकिको थियो। पक्राउ गरेका उनलाई  पुनस् अदालतले कारागार चलान गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।