२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

अमरगढी नगरपालिकाले सरकारको अवधारणालाई प्रभावकारी बनाउन खुला सरकार घोषणा

डडेल्धुरा : अमरगढी नगरपालिका डडेल्धुराले सरकारको अवधारणालाई प्रभावकारी बनाउन खुला सरकार घोषणा गरेको छ । सामुदायिक सुचना प्रविधि केन्द्र उद्घाटनको कार्यक्रमबिच अमरगढी नगरपालिका खुला सरकार घोषणा भएको हो ।

स्थानीय तहले खुला सरकार घोषणा गरि नगरपालिकाको निति, कार्यक्रम र बजेट हरेक नागरिक सामु पु¥याउने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

आधुनिक युगअनुसार पालिकाले मोवायल एप र डाटापोर्टलको माध्यमबाट हरेक नागरिकको हातमा सूचना पुग्ने गरि सुशासनका औजार निर्माण गरेको नगरप्रमुख ओझाले बताए। ‘खुला सरकार घोषणासँगै हरेक वडामा सूचना केन्द्र स्थापना गरि जनतालाई समुदायमै सूचना उपलब्ध गराउछु,’ उनले  भने।

स्थानीय तहका जनप्रतिनिधिहरूलाई जवाफदेहिताका प्राविधिक औजारहरूले सुशासन र पारदर्शिता ल्याउन सहयोगी हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।

सरकारले सञ्चालन गर्ने कार्यक्रमहरुमा नागरिक सहभागीता बढाउन सूचना अति आवश्यक रहेको बताउदै परशुराम नगरपालिकाका उपप्रमुख कलावति बोहराले हरेक नागरिकले पालिकाको कार्यक्रम र बजेटका बारेमा जानकारी पाउनु जरूरी रहेको बताए। उनले भने, ‘नागरिकहरूको सक्रियता बढेमात्र सरकार पनि सक्रिय बन्छ।’

त्यस्तै अजयमेरू गाउँपालिकाका उपाध्यक्ष कलावती भाण, अमरगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जवाफदेहिताका प्राविधिक औजारहरूको मद्दतबाट स्थानीय तहका हरेक कार्य र गतिविधिको बारेमा जनताले सहजै जानकारी पाउने बिश्वास ब्यक्त गरे।

साँझेदारी सस्था ग्रामिण वाताबरण विकास केन्द्र डडेल्धुराद्धारा सञ्चालित सुशासन परियोजनाको सहयोगमा निर्माण गरिएका सुशासनका औजार तथा प्रणालीहरू एक कार्यक्रम बिच अमरगढी नगरपालिका, परशुराम नगरपालिका र अजयमेरू गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

सेसी नेपालको सहयोगमा सञ्चालित सुशासन परियोजनाले डडेल्धुराका विभिन्न स्थानीय तहका काम कारवाही, योजना तथा सेवा सुविधासहितको जवाफदेहिताका प्राविधिक औजारहरू तयार पारेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।