२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौँ,२ चैत । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोमबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हुन् ।प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएको सो मुद्दाले अग्राधिकार पाएको अधिवक्ता ढुंगानाले बताइन् । 

निवेदकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय कार्यान्वयन नगर्न र पहिलेकै जलहरीलाई कायम राख्न माग गरेका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।