२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

 डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ५ जना पक्राउ

डडेल्धुरा,२ चैत । डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिकाकी ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका ५ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा २८ वर्षीय बलबहादुर पुन मगर, १९ वर्षीय राजेश थापा मगर, ७० वर्षीय प्रताप भट्टराई, १६ वर्षीय जगदिश थापा मगर र २४ वर्षीय हरिजित सिजाली रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए।

बालिकालाई बिगत २ महिनादेखि बारम्बार बलात्कार गरेको भन्दै उनका दाईले जाहेरी दिएपछि आरोपितहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक भट्टले बताए। पक्राउ परेका पाँचै जना आरोपितमाथि थप अनुसन्धान भइरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।