२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया चोकको मर्मत हुने

कैलाली,२ चैत । कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया चोकको मर्मत हुने भएको छ। निकै लामो समय देखी धुलाम्य बन्दै आएको अत्तरिया चोकको मर्मतका लागि टेण्डर आह्वान भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।

चोक मर्मतका लागि २ करोड स्टमेट गरेर टेण्डर आह्वान गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए। उनका अनुसार वैशाख पहिलो हप्तादेखि उक्त क्षेत्रमा काम सुरु हुने भएको छ।  

चोकको मर्मतको काम चालु आर्थिक वर्ष भित्रै सम्पन हुने समेत सूचना अधिकारी जोशीले बताए। स्थानियले चोक मर्मतको लागी पटक पटक आवाज उठेपनी मर्मत हुन सकेको थिएन । केहि दिन अघि मात्रै स्थानीयहरुले बाटो निमार्ण गनुपर्ने भन्द स्थानीयद्धारा चक्काजाम समेत गरेका थिए । अत्तरिया चौक सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार हो। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।