२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

दलहरुसंग अपवित्र सम्झौता गरेर सरकारमा जानू हुन्न : साउँद

धनगढी, १ चैत । नेपाली कांग्रेसका नेता एनपी साउदले सबै राजनीतिक दलहरु निःशर्त रुपमा कांग्रेसको नेतृत्व स्वीकार गरेर एकतावद्ध नहुँदासम्म पार्टी सरकारमा जान नहुने बताएका छन् । 

नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा जानका लागि सबै राजनीतिक दलहरुले कांग्रेसको नेतृत्व निःशर्त रुपमा स्वीकार गरेर एकतावद्ध हुनुपर्ने बताएका हुन् ।

‘सबै राजनीतिक दलहरु जबसम्म नेपाली कांग्रेसलाई निशर्त नेताको रुपमा नेपाली कांग्रेसको झण्डा मुनी, नेतृत्व मुनी एकतावद्ध बन्न सक्दैनन् तबसम्म हामीले सत्तामा गएर हेर्नुपर्ने कुनै आवश्यकता छैन’, नेता साउदले भने ।

उनले कांग्रेसलाई अन्य दलहरुसँग अपवित्र सम्झौता गरेर सरकारमा जानुपर्ने कुनै आवश्यकता नभएको पनि जिकिर गरे । ‘हतारमा सत्तामा जान अपवित्र सम्झौता गर्नुपर्ने नेपाली कांग्रेसलाई आवश्यकता छैन’, साउदले भने । 

उनले सत्तामा जानका लागि संविधानलाई चलाउने, संविधानलाई अस्थिर बनाउने र पार्टीको छविमा आँच आउने काम पार्टी नेतृत्वले गर्न नहुनेमा पनि जोड दिए । ‘अहिले हाम्रा अगाडि दुई वर्षमात्रै छ निर्वाचनका लागि ।

हामी संगठन निर्माणको अभियानमा लागि राखेका छौं । पार्टी रिभाइभ हुँदैछ । मान्छेहरु नेपाली कांग्रेसलाई आशा र भरोसाले हेर्दैछन् । यस्तो बेलामा हामीले सबैभन्दा पहिले नेपाली कांग्रेसलाई एकजुट राख्नुपर्छ’, साउदले भने ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।