२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं.९ मा स्वास्थ शिविरमा कार्यक्रम सम्पन्न

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं.९ मा स्वास्थ शिविरमा कार्यक्रम सम्पन्न भएको छ ।
शुक्लाफाटा नगरपालिकामा वडा नं.९ को आयोजनामा भएको स्वास्थ शिविर कार्यक्रममा वडा भित्रका २३६ जना महिला र २०८ जना पुरूष गरि ४४४ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

आँखा सम्वन्धि विरामि १००जनालाई चश्मा वितरण गरिएको छ भने ३१जनाको मोतियाविन्दुको निशुल्क उपचार गरिने भएको छ।सुजनशिल सहकारी संस्था झलारी कंचनपुरले आँखा सम्वन्धि उपचारमा विशेष सहयोग गरेको वडा अध्यक्ष रमेश बहादुर ऐरले जानकारी दिए।

उनले भने, स्वस्थ्य नागरिक विना स्वस्थ समाजको परिकल्पना गर्न नसकिने हुँदा वडामा रहेका सम्पुर्ण वडावासि निरोगि रहुन भन्ने भावनाले शिविरको आयोजना गरिएको उनले वताए।

शुक्लाफाँटाका नगर प्रमुख दिल वहादुर ऐरले समुद्घाटन गरेको स्वास्थ शिविरमा नेपाल रेडक्रस सोसाईटि उपशाखा झलारीका सभापति शेर वहादुर साउद,सुजनशिल सहकारी संस्था लि झलारिका अध्यक्ष शिवराज भट्ट,कार्यकारी प्रमुख मदनराज भट्ट लगायतको उपस्थित रहेको थियो।

एकदिने स्वास्थ शिवर कार्यक्रमको संचालन असीग्राम मा विका प्रधानाध्यापक भरत वहादुर ऐरले गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।