कपिल भट्ट/दार्चुला -दार्चुलामा ट्याक्टरबाट खसेर एक पुरुषको घट्ना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का अन्दाजी ३० वर्षिय असोक खत्री रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट लेकम गाउँपालिकाको रिठाचौपता तर्फ आउदै गरेको सु.प.प्र.०१००२ त ४८३५ नम्बरको ट्याक्टरबाट गाउँपालिकाको वडा नम्बर ६ गणेत भन्ने स्थानमा ति पुरुष खस्न गई घट्ना स्थलमै मृत्यु भएको उहाले बताउनुभयो ।



ट्याक्टरबाट खस्न गइ पुरुषको मृत्यु भएको बताइएको छ। चालक फरार रहेको प्रहरीले जनाएको छ । घट्नाबारे थप जानकारी लिन ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक खगेन्द्र सिंह साउदको कमाण्डमा प्रहरी टोली घट्ना स्थल खटिएको सुचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

























