२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

काठमाडौँको हिमालयन ह्वाइट हाउस लिटल फ्लावर प्रिमियर लिगको च्याम्पियन

धनगढी । पाँचौ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउस काठमाडौँले जितेको छ । फाइनलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले पराजित गर्दै ह्वाइट हाउस च्याम्पियन भएको हो ।

धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए । लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए ।

१ सय ६८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको घरेलु टोली लिटल फ्लावरले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । लिटल फ्लावरका लागि निशान्त बुढाऐरले १७ र पुष्करराज बडुले अविजित रहदै १४ रन बनाए ।

ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरुप श्रेष्ठले २ विकेट लिए । म्यान अफ द फाइनल ह्वाइट हाउसका गजेन्द्र बोहरा चुनिए । उपाधिसंगै ह्वाइट हाउसले नगद १ लाख २० हजारसहित ट्रफी प्राप्त गरेको छ भने लिटल फ्लावरले ६० हजारमा चित्त बुझाएको छ । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । उनले नगद १० हजार पाए । यस्तै शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, ह्वाइट हाउसका सन्दिपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदयमान खेलाडी भए । उनीहरुले ५÷५ हजार प्राप्त गरे ।

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सको आयोजनामा १५ फागुनदेखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टीमको सहभागिता रहेको थियो । अर्को बर्ष अझै परस्कृत रुपमा प्रतियोगिता आयोजना हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।