२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

बलात्कारीलाई कारबाहीको माग गर्दै कैलालीको गेटामा स्थानीयहरूले आन्दोलित

धनगढी,२९ फागुन । बलात्कारीलाई कारबाहीको माग गर्दै कैलालीको गेटामा स्थानीयहरूले आन्दोलित भएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका स्थानीयहरूले १३ बर्सिया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवक माथि कारबाही नभएको भन्दै शनिबार सडक अवरुद्ध गरेका हुन् ।

स्थानीयका अनुसार गत कार्तिक ५ गते १३ बर्षिया बालिका बलात्कार भएको खबर सार्वजनिक भएको थियो ।

बालिकाको पेटमा ४ महिनाको गर्भ समेत रहेको थियो । घटना बाहिरिए पछि पक्राउ परेका युवक माथि आवश्यक कारबाही नभएको भन्दै स्थानीयहरूले पूर्व पश्चिम राजमार्ग अन्तरगतको मोहना अत्तरिया ६ लेन सडक खण्ड गेटामा एक घण्टाका लागी अवरुद्ध पारेका हुन् ।

अहिले भने अवरुद्ध सडक सुचारु भएको छ । बालिकाले न्याय नपाए थप सङ्घर्षमा उत्रिने उनिहरुले चेतावनी समेत दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।