धनगढी, २९ फागुन । भारत बाट नेपाल आउँदै गरेका ६ जना नेपाली भारतमा लुटिएका छन् ।भारतबाट नेपाल आउने क्रममा बाटोमै ६ जनाको करिब ५ लाख बराबरको सामान सवारी चालकको मिलेमतोमा लुटपाट भएको नागरिक तथा शान्ति समाज नेपाल सुदूरपश्चिम प्रदेशका सचिव मदन बहादुर कुँवरले बताए ।



लुटिनेमा अछामको बान्नीगढी जयगड गाउँपालिका ६ पाटे खेत दर्ना बस्ने पदम थापा, हिक्मत थापा र महेन्द्र विष्ट लगायत अन्य ६ जनाको सामान चोरी भएको हो ।
भारतको गुजरातमा काम गदै आएका उनीहरू फागुन २३ गते नेपाल आइरहेका थिए । सोही क्रममा गरगहना सहित लुट पात भएको हो ।
उनीहरूले ६० हजार भारतीय रुपैयाँ सहित सुनका गरगहना लुटेको आरोप पीडितका आफन्तले लगाएका छन् ।
Views: 165

























