२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

एलपीएल : हिमालयन ह्वाइट हाउस र लिटल फ्लावरबीच उपाधि भिडन्त

धनगढी- धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौँ र लिटल फ्लाव स्कुलबीच उपाधि भिडन्त हुने भएको छ । आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुुबै टोली उपाधि नजिक पुुगेका हुन् ।

पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा पुुगेको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । ह्वाइट हाउसका लागि कप्तान दिपक बोहराले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अर्का दिपक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । शारदाका गणेश बहादुर बिटालुले ३ विकेट लिए ।

ह्वाइट हाउसले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा १२ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटियो । उसका गणेश बहादुरले सर्वाधिक २२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ह्वाइट हाउसका कप्तान दिपक र सन्दीप शाहीले ३÷३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच ह्वाइट हाउसका कप्तान दिपक चुनिए ।

आजै भएको दोस्रो सेमिफाइनलमा लिटल फ्लावर स्कुलले बाल बाटिकालाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९० रन बनायो । उसका लागि विराट भण्डारीले २९ र कलम ओलीले २२ रन बनाए । लिटल फ्लावरका पुुष्करराज बडुुले ४ विकेट लिए । ९१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल फ्लावरले १८ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

लिटल फ्लावरको जितमा राजकुमार शाहले अविजित रहदै २४ र शैलेस केसीले २२ रन बनाए । बाल बाटिकाका कमल ओलीले ५ विकेट लिए । खेलका म्यान अफ द म्याच लिटल फ्लावरका पुुष्करराज बडु भए । भोलि संघीय प्रहरीको खेल मैदानमा फाइनल खेल हुनेछ । 

प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५-५ हजार पाउने छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।