२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

भीमदत्त नगरपालिकामा ६० करोड लागतमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने

कञ्चनपुर : भीमदत्त नगरपालिकामा ६० करोडको लागतमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजना अन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।

आधुनिक प्रविधिको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउने प्रतिबद्धता गरेका छन् । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सहजीकरण गर्न पत्रकार खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ । समितिमा गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल र अधिकारकर्मी प्रभुनिधि पन्तलाई सदस्यका रूपमा राखिएको छ ।

नगरप्रमुख सुरेन्द्र विष्टले आधुनिक शहर बनाउने लक्ष्य अनुसार क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अगाडि बढाइएको बताए । “फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि नगरपालिकाले कार्यदल गठन गरी अघि बढेको छ”, उनले भने, “योे ठूलो योजनामा थप सहकार्य र समन्वय गर्न आवश्यक छ, त्यसैले सबै पक्षको साथसहयोगको अपेक्षा राखेका छौँ ।”

   नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहोर निस्कने गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजारसहित आसपासका ७०० घरबाट फोहर संकलन गर्दै आएको छ ।

नगरपालिकामा दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन गर्न केन्द्र बनाउन लागिएको हो । विसं २०३४ मा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङसाइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो । पछिल्लोपटक आधुनिक प्रविधिसहितको केन्द्र बनाएर फोहोरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको हो ।

क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत महेन्द्रनगर बजारसहित आसपास क्षेत्रमा एक अर्ब लगानीमा नालीसहितका सडक निर्माण शुरु गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र र ३६ किलोमिटर आधुनिक सडक बनाउने योजना छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।