धनगढी : कञ्चनपुरको महाकाली अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बुधबार राति अस्पताल पुगाइएकी महाकाली नगरपालिका–५ शिवनगरकी २० वर्षीया ज्योति सुनारको मृत्यु भएको हो ।



शल्यत्रिया मार्फत शिशु जन्माएकी सुनारको आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
Views: 510

























