२०८३ श्रावण २० बुधबार
२०८३ श्रावण २० बुधबार

१७ दिनदेखि बेपत्ता साहिद खरानीमा गाडिएको अवस्थामा मृत फेला

बारा प्रहरीले एक जना बालकको शव फेला पारेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीस्थित म्यागनस फर्मास्यूटिकल्सको दक्षिण–पूर्वमा थुपारिएको छाई(धानको भुसको खरानी)मा पुरिएको अवस्थमा बालकको शव फेला परेको हो। 

    सोही टोलका जाकिर हुसैन मिया मन्सुरीका १४ वर्षीय छोरा साहिद हुसैन मिया मन्सुरी विगत १७ दिनदेखि बेपत्ता थिए। उनको अपहरणपछि हत्या गरी फालिएको हुन सक्ने परिवारजनले आशंका गरेका छन्। बाराको परवानीपुरस्थित ज्ञान सागर बोर्डिङ स्कूलमा अध्ययनरत साहिदले रातो टिर्सट, ब्लु पैन्ट र रातो/पहेलो रंगको प्लास्टिकको चप्पल लगाएका थिए। उनको पहिचान उनको कपडाबाट भएको साहिदका काका ताहिर हुसैन मिया मन्सुरीले बताए।

बारा प्रहरीले आज बिहान साढे ८ बजे शव बरामद गरी शव सोही बालकको हो कि अरुको पोस्टमार्टम र डिएनए परिक्षणबाट यकिन गर्ने बताएको छ। गत फागुन ११ गते राति ११ बजे गाउँमा आएको जन्ती हेर्न जाँदा उनी सम्पर्कविहिन बनेका थिए। परिवारजनका अनुसार पारिवारिक रिसइबीको कारण बालकको हत्या गरेर गाडिएको हुन सक्ने अशंका गरेका छन्। परिवारजनले दोषी पत्ता लगाई आवश्यक कारबाहीको लागि माग गरेका छन्। पहिलो पोष्ट

खबरदारी न्युज

खबरदारी न्युज

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।