२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

महाशिवरात्रिको अवसरमा कैलालीको अत्तरियामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना

अत्तरिया: विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोनाका कारण यस बर्ष मेला महोत्सव हुन पाएका छैनन् । जसका कारण बर्षैपिक्षे आयोजना हुँदै आएका मेहोत्सवलाई धेरैले सम्झिरहेका छन । अन्य भेला, सभा सम्मेलन संचालनमा आईसकेका भएपनि मेला महोत्सव भने यस बर्ष हुन सकेका छैनन् ।

तर, बिहिबार भने मेला महोत्सवको झल्को दिने गरी अत्तरियामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । महाशिवरात्रीको अवसरमा थ्रिडिभिएल क्रियसनले कार्यक्रमको आयोजना गरेको हो ।

उल्लेख्य मात्रामा दर्शकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बिभिन्न सांकृतिक कार्यक्रम राखिएका थिए । जसले गर्दा लामो समय सम्म कोरोना महामारीका कारण प्रत्यक्ष रुपमा कलाकारहरुका अगाडी दर्शकहरुले रमाउन पाएका छन । कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक भुवन दाहाल, लोक पप गायक चेतन बोहरा संगै स्थानिय कलाकारले दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।

महोत्सवको झल्को

अत्तरिया उद्योग बाणिज्य संघले बर्षेनी अत्तरियाको लामिताल परिसरमा महोत्सवको आयोजना गर्दै आएको छ । जसका कारण यस क्षेत्रका स्थानियले राष्ट्रिय तथा स्थानियय कलाकारहरु संग रमाउन पाएका हुन्थे ।यस बर्ष महोत्सव नभएपनि महोत्सवकै झल्को बृहत सांस्कृतिक कार्यक्रमले दिएको थियो ।

थ्रिडिभिएल क्रियसन युवा विद्यार्थी, युवा अभियन्ताद्धारा संचालित संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा महोत्सव हुन नपाएर रमाउन नपाएका स्थानियले एक दिनका लागि भएपनि भरपुर मनोरञ्जन निल पाएका थिए । कार्यक्रममा दर्शहरुको उल्लेख्य सहभागिता रहेको थियो । थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले कार्यक्रम आफूहरुले सोच भन्दा राम्रो भएको बताए ।

उनले कार्यक्रम संचालनका लागि अपेक्षा गरे अनुसार सहयोग संकलन नभएपनि जसोतसो संचालन गरेको बताए । ‘यस क्षेत्रको कला संस्कृतिको रक्षा गर्नको लागि कार्यक्रमको आयोजना गरेका थियौ’ उनले भने ‘कार्यक्रमा प्रतिवद्धता गरेको रकम उठेको छैन । उक्त रकम नउठे पनि कार्यक्रमको खर्च तिर्न रकम अपुग भए थ्रिडिभिएल क्रियसनमा आवद्ध भएकाहरुबाटै रकम संकलन गर्ने योजना बनाएका छौ ।’

कार्यक्रममा निशुल्क प्रवेसको व्यवस्था गरिएको थियो । सांस्कृतिक कार्यक्रम संचालनको लागि रकम जुटाउन आयोजकले चिठ्ठा प्रतियोगिताको पनि आयोजना गरेको थियो । जसमा अत्तरियाका दान मडै प्रथम भएका छन । उनले पुरस्कार बाफत कम्प्युटर जितेका थिए ।

प्रतियोगितामा द्धितिय हुनेले साईकल, तृतिय हुनेले साधा मोबाईल सेट र अन्य १० जनाले घडि हात पारेका थिए । १ सय रुपैयाका करिब ९ सय टोकन काटिएको आयोजकले जनाएको छ । बृहत सांस्कृतिक कार्यक्रमको मुख्य प्रायोजना बनदेवी युवा क्लव र एल एण्ड एस कन्ट्रक्सनले गरेका थिए ।

अत्तरिया महोत्सव हुने नहुने अन्योल कायमै

अत्तरिया उद्योग बाणिज्य संघले आयोजन गर्ने महोत्सवबारे भने अझै अन्योल कायमै रहेको छ । कोरोना महामारीका कारण रोकिएको महोत्सव संचालनका लागि सरकारले अझै अनुमति नदिएका कारण महोत्सवबारे अझै अन्योल कायमै छ ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले महोत्सव संचालनको अनुमति माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरिएको बताए ।

‘हामीले महोत्सव संचालनका लागि पहल गरिदिन महासंघमा अनुरोध गरेका थियौ । महासंघले महोत्सवको मिति खुलाएर पत्र पठाउन भनेको थियो’ उनले भने ‘महासंघले हाम्रो पत्र गृह मन्त्रालयमा पठाएको छ । गृह मन्त्रालयले जिल्लालाई पत्र लेखेपछि जिल्लाले हामीलाई महोत्सव संचालन गर्न अनुमति दिने हो । तर, अहिले सम्म अनुमति दिईएको छैन ।’

उनले अत्तरियामा ‘सुदूरपश्चिम महोत्सव’ संचालनका लागि चैत्र २६ गतेको समय माग गरिएको बताए । उनले प्रशासनले अनुमति दिएर मौसमले साथ दिए महोत्सव आयोजना गरीने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।