२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई ९ लाख ११ हजार आर्थिक सहयोग

धनगढी,२६ फागुन । उद्घाटन अगावै आगलागीबाट ध्वस्त भएको आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लिलाई आर्थिक सहयोग जुटेको छ । उद्योगलाई पुनर्जीवन दिन नागरिक स्तरबाट ९ लाख ११ हजार आर्थिक सहयोग जुटेको हो ।

आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई फेरि पुनर्जीवन बनाउने उदेश्यले ह्युमानिटी फाउण्डेसनको अगुवाईमा आर्थिक संकलन अभियान सुरु गरेको फाउण्डेसनका कोषाध्यक्ष मान सिंह साउदले बताए ।

आगलागीबाट ध्वस्त भएको आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लिलाई ह्युमानिटी फाउण्डेसन नेपालका तर्फबाट एक लाख रुपैया, फाउण्डेसनका अध्यक्ष श्याम तायलका तर्फबाट एक लाख रुपैया, चौलानी डिपार्टमेण्ट स्टोरका प्रबन्ध निर्देशक मानसिंह साउँदका तर्फबाट एक लाख रुपैया सहयोग प्राप्त भएको छ ।

यस्तै संगम पब्लिकेसन काठमाडौँका तर्फबाट पाँच लाख रुपैया र प्रेम खड्का र उनकी धर्मपत्नी अरुणा खड्काको तर्फबाट एक लाख एघार हजार रुपैया सहयोग प्राप्त भएको हो । बुधबार चौलानी ग्रुपका प्रबन्ध निर्देशक मान सिंह साउदले आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लिका संचालक भोजराज भट्टलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

तपाई हाम्रो सानो सहयोगले आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि. फेरि उठ्ने छ, साउँदले भने, देश विदेशबाट आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.का सञ्चालक भोजराज भट्ट र पदम भण्डारीहरुलाई सहयोगका लागि आग्रह गर्दछौ ।

यदी तपाई पनि उद्योगलाई पुनर्जीवन दिन चाहनुहुन्छ भने  सहयोग गर्न ईच्छुक व्यक्तिहरुले आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.का नाममा  धनगढीको प्रभु बैंकमा रहेको खाता नम्बर ०३००१५१०१५४०००१५ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।

धनगढीको चटकपुरस्थित आलोक मल्टि  ट्रेड कन्सर्न प्रा.लि.को फर्निचर शो रुममा  गत शनिबार दिउँसो आगलागी हुदा करीव ८ करोड रुपैया भन्दा बढिको क्षति भएको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।