२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

सुदूरपश्चिमका ६ जिल्लामा नेकपा एमालेको बोर्ड राखियो

धनगढी, २६ फागुन । सुदूरपश्चिमका विभिन्न ६ जिल्लामा साविकका कार्यालयमा बोर्ड नेकपा एमालेको बोर्ड राखिएको छ । एमाले नेता भीम रावलको गृह जिल्ला अछाम, बैतडी र डँडेलधुरा बाहेकका जिल्लामा नयाँ बोर्ड राखिएको हो । 

अन्यत्र पनि छिट्टै कार्यालय स्थापना हुने नेताहरूले बताएका छन् । कैलालीमा एमालेका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अगुवाइमा साविकको एमाले कार्यालयमा बोर्ड नयाँ बोर्ड राखिएको छ । उनी नेकपाका पनि प्रदेश अध्यक्ष थिए ।

उनी एमाले हुँदा पनि थापा नै प्रदेश अध्यक्ष थिए । एमालेका जिल्ला इन्चार्ज दीपकप्रसाद देवकोटा, जिल्ला अध्यक्ष रतन थापालगायतका नेताहरूको उपस्थितिमा एमालेको बोर्ड राखिएको हो । 

‘हामी एमाले नै थियौं, यो कार्यालय पनि पहिला एमालेकै सम्पत्ति हो, सर्वोच्चको फैसलाले दुई फरक पार्टी बनाई दिएपछि हामीले बोर्ड टाँसेका छौं’, अध्यक्ष थापाले भने । नेकपा हुँदा दराज तोडफोड गरी क्रियाशील सदस्यता नवीकरण गरिएका रसिद गायब उनले बताए । थापाले भने, ‘सचिवको कार्यालयको दराज तोडिएको छ, ३० लाख रकम हिनामिना भएको छ । यसबारेमा प्रहरीले मुचुल्का बनाएको थापाले बताए ।  

कञ्चनपुरमा नेकपाका जिल्ला सचिव सुरेन्द्र विष्टको नेतृत्वमा साविकको एमाले कार्यालयमा नयाँ बोर्ड राखिएको छ । त्यहाँ पनि दुवै पार्टी एकीकरण भएका बेला साविकको नेकपा एमालेकै कार्यालयमा नेकपाको जिल्ला पार्टी कार्यालय सञ्चालन गरिएको थियो ।  

बाजुरामा सोमबार बेलुका युवा संघका नेता डेनिस शाहीको नेतृत्वमा साविककै स्थानमा एमालेको कार्यालय स्थापना भएको छ । बझाङमा पार्टी अध्यक्ष दिलबहादुर सिंहसहितका नेताले कार्यालय स्थापना गरेका छन् ।

दार्चुलामा पनि एमाले कार्यालय स्थापना भएको छ । साविकको नेकपामा अध्यक्ष रहेका पुष्पकमल दाहाल–माधव नेपाल पक्षतिर लागेका पार्टी अध्यक्षका जिल्लामा भने अझै बोर्ड फेरिएका छैन । 

अछामका अध्यक्ष शेरबहादुर कुँवरले छलफलपछि मात्रै बोर्ड फेरिने बताए । नेता भीम रावल दाहाल–नेपाल पक्षमा लागेपछि कुँवर पनि उतै लागेका थिए । उनी साविकको नेकपा एमालेका नेता हुन् ।

डँडेलधुरामा पार्टी अध्यक्ष डा। तारा जोशीबाहेकका धेरै कार्यकर्ता ओली समूहमा रहेकाले पार्टी अध्यक्षले बोर्ड राख्न चासो नदिएको बताइएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।