२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

देउवा र दाहालबीच बूढानीलकण्ठमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बूढानीलकण्ठ पुगेर भेटवार्ता गरेका छन् ।

अपरान्ह ४ बजे देउवा निवास पुगेका दाहालले पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता साझेदारी र सम्भावित घटनाक्रमबारे छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार देउवा र दाहालबीच करिब आधा घन्टा ‘वान टू वान वार्ता’ पनि भएको छ ।

सर्वोच्च अदालतले पूर्ववत पार्टी ब्युँत्याइदिएपछि मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपासँग वार्ता अगाडि बढाउने निर्णय गरेको थियो ।

पार्टीको निर्णय लगत्तै दाहाल देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।