२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजार कोरोना संक्रमित थपिए, ६ हजारको मृत्यु

काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (बिहीबार)मा दुई लाख ७६ हजार ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ६ हजार एक  जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६८ हजार पाँच जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने एक हजार २५१ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ५८ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार १८९ जनाको मृत्यु भएको तथ्यांक छ।
 
भारतमा बिहीबार ५४ हजार ९६६ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ७८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 
रूसमा पछिल्लो २४ घण्टामा पाँच हजार ५०९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १२९ जनाको मृत्यु भएको छ। 

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा ११ हजार ४६, कोलम्बियामा नौ हजार ९६५, मेक्सिकोमा पाँच हजार ७५२, स्पेनमा दुई हजार ७८९, इरानमा दुई हजार ६२१, साउदी अरेबियामा एक हजार ६२९ तथा पाकिस्तानमा एक हजार ११४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।