२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

प्रचण्ड र बाबुरामहरूले गलत बाटो लिएकाले धुलोपिठो भए : विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध गलत भएको बताएका छन् । कपिलवस्तुको शिवगढीमा सोमवार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको बताए ।

समाजको अन्याय, अत्याचार र दमनक विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको भन्दै चन्दले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे । उनले भने, “बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ति गरेका छैनौं ।”

महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने धारणा राख्दै उनले न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दाबी गरे । प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको चन्दले टिप्पणी गरे । “आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ । उनीहरुले सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए,” महासचिव चन्दले भने ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।