आज देखि मौसममा सामान्य सुधार : बद्लीको सम्भावना कायमै

काठमाडौं । आज देखि मौसममा सामान्य सुधार आएको छ । मौसममा आज देखि सामान्य सुधार भए पनि आउँदो तीन दिन सम्म देशभरको मौसम पूर्ण रुपमा सफा हुने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर हिजोको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले बताए ।
आज पहाडी भेगमा बिहानी पख केही बेर घाम लाग्ने तर दिउँसो पछि पुनः बादल लाग्ने सम्भावना रहेको उनले बताए । आज पहाडी केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको पनि सम्भावना छ । तराईका जिल्लामा भने अहिले धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु हट्न थाल्ने तर बेलुकीपख फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

स्थानीय तह निर्वाचन : भ्रम र यथार्थ

विधायिकी इतिहासलाई चटक्कै बिर्सेर स्थानीय तहको निर्वाचन पर सार्न स्थानीय तह निर्वाचन ऐन, २०७३ नै संशोधन गर्नेसम्मको निर्णयमा पुगेछन्, सत्ता गठबन्धनका नेताहरू ! त्यस्तो निर्णयमा पुग्न सत्ता गठबन्धनका जिम्मेवार नेताहरूलाई अलि कति भए पनि लज्जाबोध हुनुपर्ने हो ।अनि दलीय आवद्धताको आधारमा नै परामर्शको लागि बोलाइएकै भए पनि विद्वान कानून व्यवसायीहरूले संविधानको यान्त्रिक व्याख्या गरिदिएर गठबन्धन दलहरूको सोचलाई सार्थक पार्न किनाराको साक्षी बन्न हच्किनुपर्ने हो ।
नेपालको संविधानको धारा २९६ बमोजिम तत्कालीन संविधानसभाले व्यवस्थापिका-संसदको हैसियत पाएको थियो । उक्त व्यवस्थापिका-संसदको २५ पुस २०७३ मा बसेको बैठकले विधेयक पारित गरेर बनेको ऐन हो स्थानीय तह निर्वाचन ऐन २०७३ !यो विशिष्ट परिस्थितिमा विशेष हैसियत बोकेको सभाले बहुमत/अल्पमतमा नफसिकनै सभामा उपस्थित सम्पूर्ण जनप्रतिनिधिले सर्वसम्मतिले बनाएको कानून हो । यो ऐतिहासिक तथ्य जो-सुकैले हेक्का राख्नुपर्छ ।अहिले आफ्नो राजनीतिक स्वार्थ अनुकूल हुने रायलाई टपक्क टिपेर ऐन संशोधनको निर्णयमा पुग्ने गठबन्धनका नेताहरूले पनि त्यो ऐनको पक्षमा सभामा आफ्नो मत जाहेर गरेको होइन र ? खै राजनीतिक नैतिकता र इमान ? नैतिकता र इमानको आधारमा चल्ने हो भने त्यतिबेला आफैंले वा आफ्नै अगुवाइमा त्यस्तो प्रबन्ध गर्नुको पछाडिको अर्थ र प्रयोजन के थियो, त्यतिबेला सभा मार्फत प्रतिबिम्वित भएको ‘सामूहिक विवेक’ बाट विचलित हुनुपर्ने कुनै लोकतान्त्रिक कारण छ वा छैन भनेर पो खोजबीन, चिन्तनमनन र विचार विमर्श गर्नुपर्ने हो !
ऐनको कुनै प्रावधान संविधानको अमूक प्रावधानसँग शाब्दिक रूपमा हुबहु मेल खाँदैनन् भन्दैमा अमूक प्रावधान संविधानसँग बाझिएको अर्थ लगाउन मिल्दैन । फेरि न्यायिक व्याख्याको माध्यमबाट त्यस्तो प्रावधान असंवैधानिक घोषित नगर्दासम्म त्यसलाई निष्त्रिmय मानेर ऐन कार्यान्वयनकर्ताले अनदेखा गर्न कदापि मिल्दैन । संविधान र ऐनका प्रावधानहरूको ऐतिहासिक सन्दर्भलाई पनि ख्याल गर्दै समष्टिमा उद्देश्यमूलक व्याख्या गरेर निष्कर्षमा पुग्नुपर्छ । त्यस्तो कानूनी प्रावधान कार्यान्वयनले लोकतान्त्रिक उद्देश्य पूर्तिमा अग्रगामी वा प्रतिगामी परिणाम ल्याउँछ भन्ने कुरा पनि हेर्नुपर्छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ को उपदफा (१)ले ‘सदस्यको निर्वाचन गाउँसभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महीना अगाडि हुनेछ’ भनी गरिएको विधेयकको प्रावधानलाई पारित गर्दा तत्कालीन व्यवस्थापिका-संसद संविधानको धारा २२५ मा गरिएको ‘कार्यकाल समाप्त भएको ६ महीनाभित्र अर्काे गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने’ प्रावधान बारे बेखबर, अनजान वा बेपर्वाह भएको पटक्कै होइन ।
ऐनको यो प्रावधान प्रयोजनक तथा उद्देश्यमूलक छ भन्नेमा विवाद गर्ने ठाउँ छैन । यो प्रावधान सामान्य समझ वा कमनसेन्समा आधारित छ । यसले स्थानीय तहमा जनप्रतिनिधित्वको निरन्तरताको प्रत्याभूति हुनुपर्ने आम जनआकांक्षालाई शिरोधार्य गरेको छ, अर्थात् त्यसलाई प्रभाव दिन्छ । यो जनआवाज संविधान निर्माण ताकाका संविधान सभा भित्र र बाहिरका बहसहरूमा पनि घनीभूत रूपमा मुखरित भएकै हो भन्ने सबैका सामु जगजाहेरै छ ।त्यति मात्रै होइन ऐनको यो व्यवस्थाले संविधानको प्रस्तावनामा अभिव्यक्त ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’ ‘आवधिक निर्वाचन’ तथा धारा ७४ अभिव्यक्त ‘बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली’ का आधारभूत मूल्यमान्यताहरूको सेवा गर्छ । स्थानीय तहमा जनप्रतिनिधित्वको सही अर्थमा निरन्तरताले स्थानीय तहमा प्रतिस्पर्धात्मक लोकतन्त्रको अविच्छिन्न अभ्यासलाई सुनिश्चित गर्छ । अर्को शब्दमा भन्ने हो भने यसले स्थानीयस्तरमा जनताले निर्वाचित जनप्रतिनिधि मार्फत सार्वभौमिकताको निरन्तरता अभ्यास गर्ने कुरालाई मार्गप्रशस्त गर्छ ।
ऐनको उक्त व्यवस्थाको कार्यान्वनले संविधानको कुनै पनि वैध उद्देश्य पूरा गर्न वा कार्यान्वयन गर्नमा बाधा वा तगारो हाल्दैन । बरु थप बल नै पुर्‍याउनेमा कुनै विवाद छैन ।
संविधानसभाले संविधानतः व्यवस्थापिका-संसदको विशेष हैसियत प्राप्त गरेपश्चात समग्रतामा संविधानका लोकतान्त्रिक मूल्यमान्यतालाई विचार गरेर सर्वसम्मतिले ऐनमा राखेको प्रावधानलाई असल अभ्यासको शुरूआत गर्न खोजेको रूपमा लिनुपर्छ । यसलाई असंवैधानिक भन्नु यान्त्रिक तथा कोरा धारणा हो । तसर्थ अहिलेको समस्या संविधान वा ऐन बीचको बेमेल वा कुनै संवैध्ाानिक वा कानूनी व्याख्याको होइन । समस्या राजनीतिक इमान र नैतिकताको हो । अमूक संवैधानिक वा कानूनी प्रावधानको इमानदार कार्यान्वयनले लोकतन्त्रलाई तात्कालिक र दूरगामी के प्रभाव भन्ने चिन्ता पो गठबन्धनका नेताहरूमा हुनुपर्ने हो !
यो वा त्यो समयमा निर्वाचन गर्दा गठबन्धनका खास-खास दलहरूलाई राजनीतिक लाभ वा हानि के होला भन्ने आधारमा नै सुझबुझ साथ जनप्रतिनिधिहरूको सामूहिक विवेकका आधारमा स्थापित गर्न खोजिएको थिति वा परिपाटीलाई नै खलबल्याउन गठबन्धन दलका नेताहरू उद्यत हुनु विडम्बनापूर्ण हुनेछ । उक्त निर्णयलाई तुरुन्त परित्याग गरेर ऐनले निर्दिष्ट गरेको अवधिभित्र नै निर्वाचन सम्पन्न गर्ने इमानदार प्रयासमा गठबन्धन जुटोस् !
कथंकदाचित कुनै संकटको अवस्था सृजना भएर दुई महीना अगावै निर्वाचन हुन नसक्ने परिस्थिति सृजना भयो भने त्यतिबेला मात्रै निर्वाचनको मिति सार्ने कुरा विवेकसम्मत हुन सक्छ । काबु बाहिरको परिस्थितिका कारण निर्वाचन सरेर प्रतिनिधित्व विहीनताको अवस्था सृजना नहोस् भन्नका लागि नयाँ प्रतिनिधि निर्वाचित भएर पदस्थापन नभएसम्म पुरानै स्थानीय जननिर्वाचित प्रतिनिधिले निरन्तरता पाउने गरी अपवादात्मक कानूनी व्यवस्था गर्न सकिन्छ । अनलाईन खबर

अमरगढीमा एप मार्फत अध्ययन गराईदै

कोारेना कहरमा भौतिक उपस्थितिमा अध्ययन अध्यापन हुने सम्भावना न्युन रहेकाले एप मार्फ सहजिकरण गरिनु लागिएको हो शिक्षा शाखा प्रमुख पन्तको भनाई
अफलाईन सिकाई एपको अभिमुखिकिकरण कार्यक्रम ।

डडेल्धुरा(दिपक राज भट्ट) — डडेल्धुराको अमरगढि नगरपालिकाले अफलाई सिकाईमा जोड दिने भएको छ । कोभिडको समयमा विद्यार्थीहरुको भौतिक उपस्थित हुन नसक्ने अवस्थामा अफलाईन एप मार्फत सिकाई अध्ययन अध्यापन गराईने भएको छ । शिक्षकहरु लाई एप सम्बन्धि जानकारि दिनुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका (कक्षा ६— ८) र सामुदायिक माध्यमिक विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो । महामारीको यो विषम परिस्थितिमा यो एप निकै प्रभवकारि हुने सहभागी शिक्षकहरु बुझाई रहेको छ ।
६—१० कक्षका लागि एप लागू हुने । एपमा ५ अनिवार्य पुस्तक को पाठ्यक्रम समावेस गरिएको छ। भिडियोमा सबै पाठहरुको भिडियो समावेश गरिएको छ। विद्यार्थीहरु लाई एप पुगाउनु भनेकै घरमा शिक्षक पुगाउनु सक्नु हो अमरगडी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त राज पन्तले बताउनुभयो ।
यो एपका लागि पहिलो पटक ईनिस्टल गरि अपडेप गर्नका लागि नेट चाहिन्छ भने पछि नेटको आवश्यकता पर्दैन। एपको समयावधि १बर्ष रहेको छ। हरेक विदालय लाई एपको कोड दिईने र सोह अनुसार एप खोल्नु जिल्ने व्यवस्था रहेको छ ।
अमरगढी नगरपालिका र प्रज्ञान स्मार्ट एजुकेसन काठमाण्डौ बिच सम्झौता गरि यो एप अमरगढीमा सञ्चालमा ल्याईएको नगर प्रमुख विपिन ओझाले बताउनु भयो , साथै यो विसम परिस्थितिमा यो एप विदार्थीहरुका लागि निकै प्रभावकारी हुने ओझाको बुझाई रहेको छ ।
एप मोवाईलको प्ले स्टोरमा गई अङग्रजीमा ई गुरु सर्च गरि डाउनलोल गरि मागेको प्रकिृया अनुसार पिन राखेर डाउनलोड गरि चलाउनु सपिकन्छ ।

अनाथ वालवालिकालाई विनयको सहयोगः मुहारमा खुशी

डडेल्धुराः डडेल्धुरा अमरगढी नगरपालिका ४ तल्लो खलंगाका हाल जापानमा रहेका प्रकाश मल्ल (विनय ) ले एकपछि अर्को समाजमा, समुदायमा रहेका निमुखा, आवाज विहिनको आवाज, दुखमा मलहम लगाउने कार्य गर्दै आएका छन् ।
अमरगढी नगरपालिका ७, पोखरामा रहेको अनाथ वालवालिकाहरु रहेको बेथस्दा बाल गृह डडेल्धुरामा चिशोको समयमा दुख पाउँदै आएको खबर जापानमा रहेका विनय मल्लले थाहा पाएपछि उनको विचारमा सोचनिय विचार रहेपछि उनले तत्काल न्यानो कपडाहरु ओडने र बिछयाउने कम्बलहरु वितरण गरेका छन् ।

चिशो खप्न नसकेर घरै भित्र बसिरहँदा जापानबाट मल्लले गरेको न्यानो सहयोगले अनाथ वालवालिकाहरुको मुहारमा खुशी छाएको अध्यक्ष जितेन्द्र ताम्राकारले बताए । अहिले उक्त गृहमा डडेल्धुराका २, डोटिका २, बझाङका १ लगायत अन्य जिल्ला का ८ जना वालवालिकाहरु रहेका छन् छन । स्वतन्त्र युवा एकता समाज डडेल्धुरा का सदस्यहरु मार्फत उक्त गृहमा सहयोग गरिएको थियो ।
विगतका दिनहरुमा पनि समाजसेवि मल्लले आफुहरुलाई कोभिडको समयमा खानको लागि पनि नभएको अवस्थामा वालवालिकाको भोको पेटमा मा केही खानको लागि सहयोग गरेको अध्यक्ष ताम्राकारले बताए । आफुले बिभिन्न क्षेत्रमा रहेका समाजसेवि वडा प्रतिनिधी नेताहरुलाई गुहार्दा पनि सहयोग भएन तर एक पटक समस्या भन्दा आफनो सबै कुरा त्यागेर भएपनि मन खुल्ला गरेर सहयोग गर्नुहुने मल्ललाई सदै पुगोस उच्च मान सम्मान होस अध्यक्ष ताम्राकारले थपे,
यस्ता समजासेवीको जिल्लामा आवश्यकता रहेको र दिनदुखीहरुको दुखमा मलहम लगाउने समाज सुधारकले फेरी आगामी दिनमा नेताहरुको भन्दा पनि यस्ता समाजसेवीले विकास गर्नेमा आफु विस्वस्त रहेको अर्का स्थानिय प्रकाश ताम्राकारले बताए ।

मल्ले विगतका दिनहरुमा जिल्लामा स्वास्थ्य शिक्षा विकास तथा पुराना मठमन्दिर बाटोघाटो निर्माणमा र कोरोनाको समयमा विपन्न दलित परिवारका सदस्यहरुलाई राहत तथा अस्पतालमा निशुल्क अक्सिजन सिलिन्डर सहयोग गरेका थिए ।

शिक्षकले मोटरसाइकलमा लगेर जङ्गलमा बलात्कार गरेकै हुन् :– पीडित (अडियो सहित)

पवन महरा
डोटी-
बोगटानमा भएको बलात्कार काण्ड सत्य रहेको पीडित महिलाले बताएकी छिन् । शिखर समाचारसँगको कुराकानीमा उनले गाउँका शिक्षकको नामै तोकेर आफु माथि बलात्कार गरेको बताएकी हुन् ।
पुस महिनाको २० गते जिल्ला सदरमुकाम सिलगढीबाट बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौर स्थित आफ्नो घर जाने क्रममा राती ७ बजे जङ्गलमा बलात्कार गरेको उनले बताइन् । बीच बाटोबाट मोटरसाइकलमा घर पु–याई दिन्छु भनि लगेका गाउँकै शिक्षकले जङ्गलमा हिंडिरहेको मौका छोपी पछाडीबाट च्यापेर बलात्कार गरेको उनको आरोप छ ।
मोटरसाइकलबाट गाउँ पुग्नु भन्दा पहिलै झारेर आफुलाई हिंडेर जान भनेको र जङ्गल आउने बित्तिकै अध्याँरो समयमा पछाडीबाट छोपेर जवरजस्ती करणी गरेको उनले बताएकी छिन् ।
उनले स्थानीय प्रहरी चौकीमा उजुरी गरेपछि आरोपित शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पठाईएको थियो । प्रहरीले आरोपित शिक्षकलाई दुई दिन हिरासतमा राखेर छाडेको थियो । घटना बाहिरै मिलाउन प्रहरीले नै सल्लाह दिएको स्रोतको दावी छ । प्रहरीले पनि घटनालाई हल्का रुपमा लिएको पाइन्छ ।
मार्ने धम्की पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न जान नसकेको पीडित महिला र उनका श्रीमानले बताएका थिए । उजुरी गर्न भनि जिल्ला सदरमुकाम आएका पीडित महिला र उनका श्रीमान दिपायल बसपार्क स्थित एक होटलबाट उजुरी नदिएरै फर्किएका थिए ।समाचार स्रोतका अनुसार घटना मिलाउन होटलमा साढे पाँच लाख सम्मको बार्गेनिङ्ग भएको थियो । पैंसा पछि दिने गरेर कागज गरिएको स्रोतको दाबी छ ।
घटना मिलाउँन आरोपित शिक्षकका भिनाजुको हात रहेको र उनले नै यताउता फोन गरेर घटना ढाकछोप गरेको पीडित महिलाले बताएकी छिन् । पीडित महिलाले उजुरी नदिएर घर फर्किसके पछि शिखर समाचारसँग कुरा गर्दै घटनाबारे जानकारी गराएकी हुन् ।
शिखर समाचारले घटनाका विषयमा निरन्तर फ्लोअप गर्न थालेपछि घटना लुकाउन झनै चलखेल बढेको छ । पीडित र उनका श्रीमानलाई बढी घेराबन्दी गरिएको छ । पछिललो समय पीडितलाई मिडियामा बोल्न समेत बन्देज लगाइएको छ । घटना लुकाउन स्थानीय नेताहरु देखि उच्चपदस्त नेताहरुको भुमिका रहेको स्रोतको दाबी छ ।
प्रहरीले घटनालाई अझै पनि गम्भिरताका साथ हेरेको पाइदैन । राजनीतिक उच्च दबाबले पनि घटना ढाकछोपको चलखेल बढेको स्थानीहरु बताउँछन् । समाजमा घट्ने र आरोप लाग्ने यस्ता घटनाहरु कानुनी रुपमै अदालतबाट छिनोफानो हुनुपर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् ।नत्र यस्ता घटनाले अर्को घटना निम्त्याउने उनिहरुको भनाई छ ।
अडियो

शहीद सप्ताह शुरूः पहिलो दिन शुक्रराज शास्त्रीको सम्झाना


रासस
काठमाडौं।
पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरू भएको छ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेको थियो। शुक्रराजको जन्म विसं १९५० मा बनारसमा भएको हो। भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेको थियो। त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसकेको छ ।
त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो। यति हुँदाहुँदै पनि शास्त्रीले विसं १९९४ मा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेको थियो। धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा विसं १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेको थियो।
राणाको विरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो। विसं १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरिबोटमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो। महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार शहीदको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरिसकेको छ ।
यसवर्ष शहीद सप्ताहका अन्य कार्यक्रम माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइने कार्यक्रम रहेको छ । कोरोना महामारीकाकारण यसपटक मन्तव्य कार्यक्रम भने राखिएन। सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो।

सुदूरपश्चिम नेपाली समाज टेक्सासमा नयाँ नेतृत्व


टेक्सास, अमेरिका

सुदूरपश्चिम नेपाली समाज टेक्सासको वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । साधारण सभाले समाजको बिधान सँशोधन गर्दै वार्षिक नीति तथा कार्यक्रम, आर्थिक प्रतिबेदन स्वीकृत गरेको समाजले जनाएको छ ।
वार्षिक साधारण सभाबाट निर्बाचित पदाधिकारीहरुमा अध्यक्ष नवराज नाथ, उपाध्यक्ष प्रकाश भट्ट, महासचिब गोबिन्द शाही र खेम पनेरु रहनु भएको छ ।
यसै गरि सदस्यहरुमा क्रमसस् गणेश जोशी, अशोक शाही, नवराज भट्ट, भरत शाही, लता सुबेदी, महेश भट्ट, सुरेन्द्र अवस्थी, शँकर थापा, जनक सामन्त रभरत बिष्ट निर्बाचित हुनु भएको निर्बाचन कमिटीका सह सँयोजक जयराज पन्तले जानकारी दिनुभएको छ ।
समाजका अध्यक्ष प्रेम शाहीको अध्यक्षता तथा भरत शाहीको सँचालनमा सम्पन्न उद्घाटन समारोहमा कार्यक्रम प्रगति प्रतिबेदन सचिब गुन्जन भण्डारी, आर्थिक प्रतिबेदन अध्यक्ष प्रेम शाही, बिधान सँशोधन प्रस्ताब उपाध्यक्ष नवराज नाथले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्थापनाकाल देखि समाजलाई योगदान पुर्याउने भक्त भण्डारी, प्रमिशा शाही, गगन केसी, भैरव शाही, भोजबहादुर बलायर, प्रकाश भट्ट, गोबिन्द शाही, पुष्करराज पाठक, गुन्जन भण्डारी, दिपेन्द्र शाही, खेम पनेरु, मकर स्वाँर, हरिष उपाध्याय, महेन्द्र कुँवर सतिष ओझालाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
यसै गरि समाजको तर्फबाट बिभिन्न भलिबल प्रतियोगितामा सहभागि रमेश बोहरा, खेम शाही, चन्द्रकान्त उपाध्याय, भरत बिष्ट, ईन्द्र शाही, जनक मल्ल, भरतजँग शाहीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा वोल्दै समाजका नवनिर्बाचित अध्यक्ष नवराज नाथले अमेरिकाको टेक्सास राज्यमा रहेका सुदूर पश्चिमेलीहरुलाई समाजमा आबद्ध गराउदै उनिहरुको सेवामा समर्पित हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरु र उनिहरुका वालवालिकाहरुमा सुदूरपश्चिमको भाषा र सँस्कृति लोप हुन लागेकोमा चिन्ता ब्यक्त गर्दै अध्यक्ष नाथले समाजले सुदूरपश्चिमको भाषा सँस्कृतिको सँरक्षण गर्न आबश्यक रहेको बताउनु भयो ।
समाजले आगामी दिनमा बिभिन्न खेलकुद कार्यक्रम, पिकनिक कार्यक्रम, गौरा, होली, देउसी भैलो, वालवालिकाहरुका लागि समेत बिभिन्न कार्यक्रम तथा बिभिन्न सामाजिक कार्यक्रम आयोजना गरिने योजना रहेको अध्यक्ष नाथले जानकारी दिनु भयो ।

अजयमेरुमा भोलि शोक बिदाः रहेनन् लक्ष्मीकान्त

डडेल्धुरा(दिपक राज भट्ट) — डडेल्धुराको अजमेरु गाउपालिकाले भोलि शोक बिदा गरेको छ । गाउपालिकमा सव — ओभरसियर पदमा कार्यरत रहेका लक्ष्मीकान्त चटौतको ९ गतेका दिन मृत्यु भएको हो ।
कार्यालयले एक सुचना जारि गर्दै शोक बिदा दिने घोषणा गरेको छ । प्रमुख प्रशासकिय अधिकृत र गाउपालिका अध्यक्ष द्धारा हस्ताक्षरित सुचनामा लेखिएको छः यस अजयमेरु गाउपालिकाको कार्यालयमा कार्यरत सव — ओभरसियर स्वर्गीय लक्ष्मीकान्त चटौतको ९ गतेका दिन अल्पायुमै भएको असामयिक निधन प्रति अजयमेरु गाउपालिका परिवार स्तब्ध भएको छ । शोकको यस घडिमा मृतकको आत्मा प्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ । साथै उहाको उच्च सम्मान तथा स्मरणका लागि अजयमेरु गाउपालिकाको कार्यालय अन्र्तगतका सम्पुर्ण कार्यालयहरु १० गतेका दिन शोक बिदा रहने व्यहोरा समेत समबन्धित सबैको लागि यो सुचना प्रकासित गरिएको छ ।

डडेल्धुरा अस्पताल जाने सडकको अवस्था बेहाल

सामाजिक संञ्जाल बाट सम्बन्धित निकायको ध्यान दिदै नागरिक
डडेल्धुरा (दिपक राज भट्ट) — डडेल्धुरा अस्तापताल रोडको अवस्था बेहाल रहेको छ । हल्का पानी पर्दा हिलाम्य हुन्छ भने घाम लाग्दा धुलाम्य ।
तुफनडाडा चोक देखि अस्पताल गेट सम्म सडकमा खाल्डै खाल्डा रहेका छन् । संघ सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा सडकको अवस्था भने नाजुक रहेको छ ।
अस्पताल जाने बिरामीहरु लाई राम्रो बाटो नहुदा सास्ती हुने गरेको छ । सडकमा खाल्डाखुल्डी हुदा दुर्घना हुने सम्भावना पनि उत्तिकै रहेको छ । पछिल्लो समयमा जनस्तर बाट अस्पताल सडक खण्ड सुधारका लागि सम्बन्धित निकायको ध्यान जावोस भन्दै सामाजिक संञ्जाल मार्फत दबाब दिईरहेका छन् ।
सुदुर पश्चिमको सात पहाडि जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा जिल्लामा डडेल्धुरा अस्पताल रहेको छ ।

स्याङ्जामा तपाईको मास्क खै अभियान

स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तपाईको मास्क खै अभियान चलाइएको छ । मास्कको अनिवार्य प्रयोग गरौ, म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समिति स्याङ्जाको अगुवाइमा तपाईको मास्क खै’ अभियान सुरु गरेको हो ।

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि जिल्लाको पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकामा तपाईको मास्क खै’ अभियान चलाइएको हो ।

कोरोनाको तेस्रो लहरबाट स्याङ्जामा बिरामी बढिरहेको बेला यसको रोकथाम र नियन्त्रणको लागि जिल्लामा मास्क लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको प्रमुख जिल्ला राजु पौडेलले बताउनु भयो ।

अभियान अन्तर्गत सुरुको दिन मास्क नलगाई हिड्नेलाई मास्क बितरण गर्दै कारबाही स्वरुप ७० जनालाई एक सय रुपैयाँ जरिवाना तिराईएको पौडेलले जानकारी दिनुभयो ।

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतना मुलक कार्यक्रम गरिएको हो ।