अमरगढी स्थापना दिवसमा नगर प्रमुख बाट शुभकामना व्यक्त

दिपक राज भट्ट — डडेल्धुराको जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले आज २५ औं बर्ष पार गरि २६ औं बर्षमा प्रवेश गरेको छ । तत्कालिन ५ गाउविकास समिति भुमिराज,उग्रतारा,डोटि घटाल, खलगा र सहश्रलिङग समावेस गरि अमरगढी नगरपालिका नगरपालिकाको संरचना बनेको थियो ।
बडाकाजि अमर सिंह थापा द्धारा निर्मित ऐतिहासिक अमरगढी किल्लाको नाम बाट नगरपालिकाको नामाकरण गरिएको थियो । देशभर ईतिहास बोकेका नगरपालिका मध्ये अमरगढी नगरपालिका पनि एक नगरपालिका हो । हाल नगरपालिकामा ११ वडा रहेका छन् ।
स्थापना दिबसको अवसरमा मेयर ओझाको शुभकामनाः
डडेल्धुराको अमरगढी नगरपालिकाको स्थापना दिवसको अवसरमा मेयर ओझाले शुभकामा व्यक्त गरेका छन् । सम्पुर्ण नगरवासिहरुमा नगरपालिका लाई २५ बर्षसम्म निरन्तर खबरदारी संगै सहयोग गरेकोमा धन्यवाद समेत दिएका छन् ।
सम्पुर्ण राजनितीककर्मि,शिक्षक,विद्यार्थी,कर्मचारि,व्यापारि,देशप्रेमि,बुद्धिजिवी,पत्रकार लाई सम्मान तथा प्रसकृत गर्ने कार्यक्रम रहेता पनि बिशम परिस्थितीले हुनु नस्कदा रजत पदकका दिन उक्त कार्यक्रम गरिने नगर प्रमुख ओझा द्धारा अस्ताक्षरित शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क वि.सं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।
वि.सं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने वि.सं २०७४ को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । वि.सं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।
अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुनचाहिँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।
प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

अनुमतिबिना कसैको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ मन्त्रालयले बिहीबार एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो ।
सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले नागरिकलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।
सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने उसको ठहर छ ।

सरकारि टावरमा छ्रैन सुरक्षाः बालबलिका खेल्दै

बैतडी – बैतडीमा नेपाल टेलिकमको एक टावरको दुर्दशा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्लाको पुर्चौडी नगरपालिका–५ स्थित दहताल डाँडामा रहेको नेपाल टेलिकमको टावर र सोलार प्यानलमै बालबालिकाहरुले खेल्ने गरेको भेटिएपछि सञ्जालमा भाइरल बनेको हो ।
सो टेलिकमको टावरमा केटाकेटीहरुले चढेको र सोलार प्यानलमै चिप्लेटी खेलेको तस्बिर समेत सार्वजनिक भएको छ ।
लापरवाहीका कारण यस्तो अवस्था आएको त्यहाँका स्थानीयले बताएका छन् । टेलिकमको टावरमा यस्तो गरिनु नराम्रो कार्य भएको स्थानीय विक्रम कुँवरले बताए । सो क्षेत्रमा बादल लागेको बेला टावर काम नगर्ने गरेको उनले बताए ।
सामाजिक संञ्जालमा चर्चा भएपछि भने नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले प्रहरी र स्थानीय सरकारलाइ खबर गरेर टावर र सोलार पातामा खेल्नमा रोक लगाउने बताए ।
घाम नलागेको बेला सोलारले काम नगर्दा टेलिकमको सेवा अवरुद्ध हुने उनले बताए । सो क्षेत्रमा विद्युत नहँुदा समस्या हुने गरेको छ ।

माघ २३ गतेदेखि विद्यालय खुल्ने

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) ले परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ ।प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न माग गरेको हो ।
प्याब्सन केन्द्रीय कार्यसमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर २३ गतेदेखि खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न, आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने, पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको केन्द्रीय अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।
उनले भने ‘सबै क्षेत्र चलेको छ । विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको छ । तथापि कोरोना संक्रमण दर यही दरमा रह्यो भने नहोला तर घटेको अवस्था भयो भने खोप लगाइसकेका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्नुप¥यो भनेर माग गरेका छौं ।’
सरकारले यथाशक्य चाँडो पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न, शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको उनले बताए । त्यसैगरी प्याब्सनको काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला समिति तथा नगरसमितिहरु गरी १८ वटा कार्यसमितिले तीन वटै जिल्ला प्रशासन कार्यलयमा १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाहरुमा भने १४ गते बुझाउने तयारी गरेको काठमाडौं जिल्ला प्याब्सनका सचिव सुदर्शन थापाले बताए । बालबालिका घरमा भन्दा विद्यालयमा सुरक्षित हुने भएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्ने उनको भनाइ छ ।
उनले भने ‘घरमा भन्दा बालबालिका विद्यालयमा सुरक्षित हुन्छन् । किनभने घरमा अभिभावकले भनेको मान्दैन । वरिपरिका साथीभाइहरुसँग खेल्न जान्छ । स्कुलमा हो भने त निश्चित नियम हुन्छ । सबै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउँछौं । त्यसैले सुरक्षित हुन्छन् ।’ त्यसैले खोप लगाएका बालबालिकाको लागि विद्यालय खोल्नुपर्ने माग गरेको उनको जिकिर छ । थापाले भने ‘अनलाइन कक्षाका नाममा गेम र च्याटमा व्यस्त हुँदा बालबालिका मनोसामाजिक, मनोसांस्कृतिक हिसाबले बिचलन आउन सक्ने जोखिममा भएकाले निर्वाध रुपमा विद्यालय सञ्चालन गर्नुपाउनुपर्ने लगायतका १० बुँदे ज्ञापनपत्र बुझाएका छौं ।’

जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

धनुषा — जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा झडप भएको हो । प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको जिल्ला कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए । प्रदर्शनकारीहरूको संख्या बढ्दै गएपछि जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पूर्वघोषित किसान आन्दोलनअन्तर्गत बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई जनमत पार्टीले ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । ज्ञापन पत्र बुझ्न आनाकानी गरेको भन्दै मुख्यमन्त्री जहाँ देखिए त्यहीँ ज्ञापनपत्र बुझाउने जनमत पार्टीले जनाएको छ । यता राष्ट्रियसभाको मधेस प्रदेशको मतदान बिहान साढे ९ बजे देखि सुरु भएको छ । मतदानस्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ

नेपालको जनसंख्या २ करोड ९२ लाख पुग्यो

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । त्यस्तै, महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको छ । २०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । यसपटक २७ लाख जनसंख्या बढेको हो ।अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको हो । यसपटक ०.९३ प्रतिशत वृद्धिदर भएको विभागले जनाएको छ ।

राजनितीक खिचातानीले अमरगढी कार्यलय प्रमुख बिहनि

दिपक राज भट्ट(डडेल्धुरा) — डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका विगत दुई महिना यता कार्यलय प्रमुख विहिन बनेको छ । नगरपालिका अहिले निमित्त कार्यालय प्रमुखको भरमा रहेको छ । नगरका सबै आर्थिक कारोबार भने ठप्प रहेका छन् ।
नगरपालिकामा रहेका लक्ष्मी प्रसाद उपाध्याय दुई महिना अघि सरुवा भएका हुन् । यता नगरमा नया कार्यालय प्रमुख आउने अहिले सम्म कुनै टुङगो लागेको छैन् । काङग्रेसको किल्ला मानिने डडेल्धुरा जिल्लामा अमरगढी नगरपालिकामा भने एमाले बाट मेयरमा विशेश्वर प्रसाद ओझा निवार्चित भएका थिए । यस भन्दा अघिल्लो पटक पनि कार्यालय प्रमुख उपाध्याय सुरुवा भएर गएका थिए भने पुन नगरपालिमै आएका थिए । उपाध्यााय अमरगढी नगरपालिका बाट दुई पटक सरुवा भईसकेका छन् ।
नगरपालिकमा राजनीतिक खिचातानीका कारणले कार्यलय प्रमुख सरुवा हुने प्रकिृया जहिले नि हुने गरेको नगरपालिका स्रोत बताएको छ । कार्यालय प्रमुख नहुदा सेवाग्राहिले दुख भोगिरहेका छन् ।

अमरगढीमा सहरी शासकिय पुर्बाधार सुधार कार्यक्रमः पुर्वाधार संगै रोजगारि

गाउँ गाउँमा पक्की बाटो निर्माण गर्दै अमरगढी पुर्वाधार संगै रोजगारि
डडेल्धुरा — डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले सहरी शासकिय पुर्बाधार सुधार कार्यक्रम मार्फत गाउँ गाउँका सडक निर्माण गर्न सुरु गरेको छ । कार्यक्रम अन्र्तगत रु ४ करोड ४० लाख विनियोजन गरिएको छ ।
यो कार्यक्रम बिश्व बैंकको आर्थिक सहयोगमा सुखुरपश्चिमका दुई स्थानिय तहमा लागु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिकाका र लम्किचुहा नगरपालिकामा । अमरगढीका ११ वडाका बिभिन्न गाउँमा सडक निर्माण, ग्रामिण बाटाहरू पक्की, विद्यालय भवन मर्मत रंगरोगन , फिल्ड निर्माण, स्वास्थ्य चौकि सुधार तथा सिचाई योजना निर्माण गर्न लागेको अमरगढीका ईन्जिनियर सुरेस साँउदले बताउनु भयो।
पहिलो चरणमा अमरगढी नगरपालिकाले यस कार्यक्रमको लागि मात्र ४करोड ४०लाख बिनियोजित गरेको छ । कार्यक्रम अन्तर्गत नगरपालिकाका ११वटै वडामा कार्यक्रम संचालन गर्दै आएको छ। एक वडामा ४० लाखका दरले विनियोजन भईरहेको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा (विपिन) ले खबरदारी न्युज लाई जानकारि दिनुभयो साथै ओझाले गाउगाउमा यसरी सुधार संगै नगरवासिको आयस्तरमा बृद्धि हुदा स्थानिय निकै खुशी भएको बताउनुभयो ।
कार्यक्रममा पहिलो चरण संचालन भैईरहेको छ, नगर पालिकाका ११ वटै वडामा कार्यक्रम लागु गरिएको छ । यस कार्यक्रमका लागि अमरगढी नगरपालिकाले २२ करोड २३ लाख प्राप्त गरेको छ।

बढ्यो सुनको मूल्य

रासस काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेर ९४ हजार पुगेको…