बैतडीको पुर्चौडीस्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू

डडेल्धुराः बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ स्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको छ। नगरपालिकाले मङ्गलवारबाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको हो।

विगतमा पनि स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा दिन मेडिकल अधिकृतको नियुक्त गरिएको भएपनि केही समयदेखि चिकित्सक अभावमा सेवा अवरुद्ध भएको थियो। मङ्गलवार नगरपालिकाले डाक्टर स्मृति लामा थिङलाई मेडिकल अधिकृतमा नियुक्त गरेसँगै चिकित्सकीय सेवा सुरू भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए। उनले डाक्टर थिङको नियुक्तिसँगै समान्य चिकित्सा सेवा स्वास्थ्य चौकीबाट प्रदान गर्न सहज हुने बताए।

पुर्चौडीमा चिकित्सक नहुँदा बिरामी हुँदा स्थानीयले उपचार पाउन डडेल्धुरा अस्पताल धाउनुपर्ने समस्या भोग्नु परेको थियो। हाट स्वास्थ्य चौकीमा डाक्टरको नियुक्ति भए पश्चात् समान्य बिरामी हुँदासमेत डडेल्धुरा र धनगढी धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

युवा पयालन रोक्नु सकारले आवश्यक रणनिती बनाउनु जरुरि छः रविन्द्र बहादुर धामी

यस खबरदारी न्युजको कार्यक्रम स्थानीय सरकारमा हामीले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका बैतडीका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बहादुर धामी सँग गरेको यो कुराकानी सुनौ —
स्थानीय सरकारले यहाँको सेवालाई कसरि प्रवाह गरिरहेकोछ ?
स्थानीय सरकारलेप्रवाह गरिरहेको सेवा प्रवाह लाई तीन तहमा बाडेर सेवा प्रभाव गरिरहेका छौ । एउटा विकासात्मक सेवा प्रवाह, दास्रो नियमकारि अनुगमन मुल्याङकन र सेवा प्रवाह गरेर हामीले पालिका बाट सेवा प्रवाह गरिरहेका छौ ।
सेवा प्रहावहको हकमा हामीले वडा स्तरबाट दिने प्रयास गरेका छौ । यो सँगै हामीले सुचनाको प्रवाह लाई पनि प्रभावकारि बनाउने गरेका छौ ।

युवा पलायन रोक्नु पालिकाले के कस्ता प्रयास गरेकाछ ?
यो हाम्रो स्थानीय तहको समस्या मात्र नभएर यो देशकै मुख्य समस्याको रुपममा रहेकोछ । यसमा कुनै दुई मत छैन् । यसमा हामीले नै सोच्नु पर्दछ । यसमा प्रशासन र राजनितीक संयन्त्र लागेपछि यस समस्यामा कमी ल्याउनु सकिन्छ । हाम्रा अवसरहरु थुप्रै छन् अवसरहरु भएता पनि तीनै तहका सरकारले नयाँ प्रविधिको विकास गरेर यसलाई अगाडि बढाउनु जरुरि रहेकोछ । हामीले जागिरको रुपमा सरकारी जागिरलाइृ बढावता दिएका यस लाई भन्दा पनि हामीले औद्यौगिक क्रान्त्रि गर्नु सक्ने मात्र हो भने विदेशीने युवाहरु लाई स्वदेशमै रोक्नु सकिन्छ ।
बिशेष गरेर पालिकामा के कस्ता योजनाहरु माग आउने गरेका छन् ?
योजना माग पनि पछिल्लो समयमा समस्याको बिषय रहेको जस्तो लाग्छ । समाजका लागि भन्दा पनि व्यक्तिवादि योजनाहरु बढी माग हुने गरेका छन् र पनि हामीले सामाजिक योजनाहरु लाई प्राथमिकतामा राखेर कार्यान्व्यन गरेका छौ ।
दोगडाकेदार गाउँपालिका बैतडीमा सात वटा वडा रहेको छन् । पछिल्लो समयमा पालिकाले सड्क विस्तार, शिक्षा र स्वास्थ्यमा जोड दिएको देख्नु सकिन्छ ।

यो कुराकानी पनि सुनौ-

दलिततर्फको बजेटले मसानघाट जाने बाटो निमार्ण गर्दै “सुर्नया गाउँपालिका”

बैतडीः बैतडीको सुर्नया गाउँपालिकाले लक्षीत समुदाय दलिततर्फको बजेटले मसानघाट जाने बाटो निमार्ण गर्ने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा मसानघाट जाने बाटो निमार्णका लागि चालु आर्थिक बर्ष ०८०÷८१ मा कार्यान्वय हुदैछ । रातो किताबमा यो सडकका लागि १ लाख बजेट वडा कार्यालयको योजनामा रहेको छ । बिष्टपाली भन्ने ठाउँमा दलित तथा लक्षित समुदायको माग अनुसार योजना परेको वडा नम्बर ५ का वडा अध्यक्ष केशवबहादुर विष्टले बताए । यही बस्तीको दलित समुदायका लागि पानी घर निमार्णका लागि २ लाख बजेट बिनीयोजन गरेको अध्यक्ष विष्टले बताए ।

 

बैतडीमा एक जना मृत फेला

बैतडी – बैतडीमा एक जना पुरूष मृत फेला परेकाछन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा न। ५ कुमालीका अन्दाजी ४५ वर्षीय नरेश जोशी आईतबार मृत अवस्थामा फेला परेका हुन ।

घरबाट कार्तिक ३० गते देखि बेपत्ता रहेका जोशी आईतबार बिहान दशरथचन्द नगरपालिका वडा न. ५ कै मुल्यभिटा भन्ने भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यलय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक खेमबिक्रम केसीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने

डडेल्धुरा(डिआर भट्ट)- बैतडीमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने भएकोछ । ब्राईट स्टार स्र्पोटस क्लब शिवनाथ ०२ शमार्लीको आयोजना प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले रु २१ हजार १ सय ११ र उप विजेयता टिमले नगद ११ हजार १ सय ११ रुपैया सहित मेडल ट्फि र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्लेयर अफ द सिरिज, उतकृष्ट ब्याटर,उतकृष्ट बलर लाई प्रमाणपत्र सहित सम्मान गरिनेछ ।
खेल कार्तिक २३ देखि २५ गतेसम्म खुल्पुरी खेलमैदान शर्मालीमा संञ्चालन हुनेछ । टिम दत्र्ता शुलक रु २ हजार ५ सय रहेको संयोजक पदमराज कलौनीले बताएका छन् ।

बैतडीको निङ्गलाशैनीमा ६ सय राँगा र बोकाको बलि

बैतडीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहितको जात्रा सम्पन्न भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा पशुको बलिदिने प्रचलन रहिआएको छ।

महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा सम्पन्न भएको हो। मन्दिरमा राँगा र बोकाको बलिसहित मेला सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिले जानकारी दिएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा करिब २ सय राँगा र ४ सय बोकाको बलि दिइएको निङ्गालशैनी धार्मीक सेवा समितिले जनाएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लामै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ।

त्यहाँका आम सर्वसाधरणले आफ्ना चाहाना पुरा हुन भनेर तथा दुःख्ख, कष्ट, रोगबाट छुटकारा पाउँनका लागि भाकल गर्दछन्। सोहि भाकल अनुसार राँगा तथा बोकाको बलि दिने गर्दछन्। महासप्तमीमा श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र महाअष्टमीमा बलिदिने चलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिइदैन्।

विक्रम कुँवर (प्रतिक)को ‘मेरा बाँज परदेश बाइग्या’ सार्वजनिक  

बैतडी :मेरा बाँज परदेश बाइग्या’बोलको ठाडी भाका सार्वजनिक गरिएको छ । बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोट घर भएका विक्रम कुँवर प्रतीकको ठाडी भाका बजारमा आएको हो ।

उक्त ठाडी भाका बिहीबार विक्रम कुँवर प्रतिक युट्युब च्यानलबाट आएको छ कुँवरले बजारमा ल्याएको ठाडी भाकामा रोजगारीका लागि परदेश गएकाहरुको पीडा समेटिएको छ ।

कुँवरको शब्द,लय र स्वर रहेको छ भने स्वरमा गायिक धर्मा बोहरा (भावना)ले साथ दिएकी छन् । दिपक संगम विसी एरेन्जर रहेको गीतको निर्देशन भीम थापाले गरेका छन् । गीतमा उर्मिला कुँवर र ललित साउँदको अभिनय रहेको छ ।

यसअघि पनि झुपडीका आवाज,पुर्चौंडी घुमौला,मान्छे मान्छे बिचको भेदभाव ,जाउ है साथी र लिपुलेक हाम्रै हो लगायतका दर्जन बढी गीत कुँवरले बजारमा ल्याइसकेका छन् ।

 क्लिक गरेमा गीत सुन्न सकिनेछ : 

NEW DEUDA SONG 2023/2080|| MERA BAJ PARDESH BAIGYA (मेरा बाज परदेश बाइग्या)||By Bikram Kunwar pratik – YouTube

सुदूरपश्चिममा गौरा भाद्र ७ कि २१ गते ,गुगुल्डि वाङमय प्रतिष्ठान’ ले गर्यो यस्तो निर्णय

डडेलधुरा – सुदूरपश्चिम तथा भारतको उत्तराखण्ड प्रान्तको कुमाउमा समेत मनाइने महत्व बोकेको पर्व गौरा मनाउने मिति…

बैतडीमा बस दुर्घटना ः तीन दर्जन बढी यात्रु घाईते

बैतडी- बैतडीको तल्लो स्वराड क्षेत्र मेलौलीमा बस दुर्घटना भएको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको…

सुर्नाया गाँउपालिकाले दियो नाच्नुकै लागि १६ लाखका डिजेः सामाजिक संञ्जालमा आलोचना

तीजका लागि भन्दै पालिकाले डिजे बाँडेर १६ लाख स्वाहा गरेकोछ । डडेल्धुरा – सुदुरपश्चिममा रहेको बैतडीमा…