आइसीसी विश्वकप क्रिकेट लिग–दुई नेपाल र ओमान भिड्ने

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित…

डडेल्धुरामा पदम मेमोरियल कप हुने

डडेल्धुरा(दिपक राज भट्ट)ः डडेल्धुरामा पदम मेमोरियल कप हुने भएकोछ । पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लब द्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २०७९— ०२ज्ञ २७ गते देखि २०७९— ०२— २९गते सम्म अमरगढि नगरपालिका वार्ड न ३ स्थित रामलिला मैदान (बगर)मा संचालन हुनेछ ।
सहभागि जनाउने टिमले मिति २०७८— ०२—२५ गते दिउँसो २ बजे सम्म टिम दर्ता गराईसक्नुपर्ने आयोजक टिमले खबरदारी न्युजलाई जानकारि दिएको छ ।
.टिम दर्ताका लागि शुल्क रु ५००० आयोजकले तोकको छ । प्रत्येक टिमको अनिवार्य पोसाक हुनुपर्ने छ। परिचयका लागि प्रत्येक टिमले आफ्नो खेलाडिहरुको नागरिकता,परिचय पत्र,वा विद्यार्थी परिचय पत्र मध्ये कुनै एक प्रती प्रतिलिपी र पासपोर्ट साइज को फोटो निवेदन संगै पेश गर्नु पर्ने छ।।
.खेलाडी हरु जिल्ला भित्र बसोबास गर्ने मात्र हुनु पर्ने छ। फोन बाट पनि टिम दर्ता गराउन सकिने छ । खेलमा कुनै बिबाद आएमा आयोजक को निर्णय नै अन्तिम निर्णय हुने छ।
थप जानकारिका लागि सम्पर्क ब्यक्तिहरु गणेश देउवा ९८६५७६६९१०,सुनिल तामाङ ९८४८८०२६००,गोकुल जोशी ९८६८७१६५१६ , मनिष भण्डारी ९८६२४८००६०

टी २० विश्वकप छनौट: यूएईसँग पराजयपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै

ओमानमा जारी टी २० विश्वकप छनौट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल यूएईसँग पराजित भएको छ।

यो हारसँगै यसै वर्ष अस्ट्रेलियामा हुन लागेको टी २० विश्वकप खेल्ने नेपालको धोको पुरा नहुने भएको छ।

समूह चरणका तीनवटै खेल जितेर सेमिफाइनल पुगेको नेपालले युएईले दिएको १७६ रनको लक्ष्य हासिल गर्न सकेन।

नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०७ रन मात्रै जोड्न सक्यो।

जितसँगै यूएईले टी २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराएको आयरल्याण्ड पनि टी २० विश्वकपका लागि छनौट भएको छ।

कमजोर ब्याटिङ

पहिलो ओभरको लगातार दुई बलमा आशिफ शेख र लोकेश बम आउट भएपछि नेपालको शुरुवात निकै खराब बनेको थियो।

यूएईका बलर जुनेद सिद्दिकीले शेखलाई एलबीडब्ल्यू तथा बमलाई क्याच आउट गराएका थिए।

सिद्दीकीले नै तेस्रो ओभरमा कुशल भुर्तेललाई पवेलियन फर्काए।

७ रन बनाएर खेलिरहेका भुर्तेलको क्याच विकेटकिपर अरबिन्दले समातेका थिए।

त्यसपछि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले इनिङ सम्हाल्ने प्रयास गरे।

टी२० विश्वकपका लागि निर्णायक भिडन्तमा नेपाली क्रिकेट
क्यानडालाई सहज ढङ्गले हराउँदै नेपाल सेमिफाइनलमा
तर आठौँ ओभरको पहिलो बलमा रोहन मुस्तफाले शेखलाई विकेटकिपरबाट क्याच गराएपछि नेपाल थप समस्यामा पर्‍यो।

त्यसबेला नेपाल ५४/४ को स्थितिमा थियो।

क्रिकेट
नेपालको अन्तिम आशाको रुपमा क्रिजमा दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल थिए।

यी दुईले पाँचौ विकेटका लागि ३३ रनको साझेदारी गरे।

तर १३ औं ओभरमा अहमद राजाले यी दुवैजनालाई लगातार बलमा आउट गरिदिएपछि नेपाल हारको सँघारमा पुग्यो।

त्यतिबेला ऐरी ३८ र मल्ल २० रन बनाएर खेलिरहेका थिए।

मल्लले राजालाई ओभरको तेस्रो बलमा छक्का प्रहार गरे। अर्को बलमा उनी वासिमद्वारा क्याच आउट भए।

पाँचौ बलमा ऐरी एलबीडब्ल्यूको धरापमा परे। त्यसबेलासम्म यूएईको पक्षमा खेल गइसकेको थियो।

कमजोर बलिङ
यसअघि टस हारेर फिल्डिङ पाएको नेपालले यूएईको ब्याटिङलाई रोक्न सकेन।

सुरुवातदेखि नै आक्रामक देखिएका यूएईका ब्याटरहरूले सहजै रन जोडेका थिए।

जितेन्द्र मुखियाले दोस्रो ओभरमा चिराग सुरीलाई आउट गरे।

तर त्यसपछि ओपनर मोहम्मद वासिम र युवा विकेटकिपर वृत्य अरबिन्दले आक्रामक ढङ्गले इनिङलाई अगाडि बढाए।

अरबिन्दले चौथो ओभरमा मुखियालाई १८ रन प्रहार गरे।

उनले पाँचौ ओभरमा अभिनाश बोहरालाई, छैटौँ ओभरमा कप्तान सन्दीप लामिछानेलाई तथा सातौँ ओभरमा आरिफ शेखलाई १३/१३ रन प्रहार गरे।

आठौँ ओभरमा कप्तान लामिछानेले बोल्ड गरी उनको इनिङ समाप्त पारिदिएका थिए।

अरबिन्दले २३ बलमा ४६ रन प्रहार गरे। सो क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यतिबेला स्कोरबोर्डमा ७२ रन बनिसकेको थियो।

तर यूएईको रन बन्ने क्रम भने रोकिएन।

एउटा इन्डबाट ओपनर वासिमले निरन्तर रन गति बढाइरहेका थिए।

आठ वर्षपछि के नेपाल फेरि विश्वकपमा छनोट हुन सक्छ?
सन्दीप लामिछानेको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट
११ औँ ओभरमा उनले बोहरालाई १८ रन प्रहार गर्दै स्कोर १०२ रनको स्थितिमा पुर्‍याए।

बोहराको बलमा लामो शट् खेल्ने क्रममा आउट भएका मोहम्मद उसमानले २४ बलमा १७ रन जोडे।

सोह्रौँ ओभरको पाँचौँ बलमा बोहराले वासिमको विकेट लिन सफल भए।

वासिमले ४ चौका र ४ छक्काको मदतले ४७ बलमा ७० रन बनाएर यूएईलाई बलियो स्थानमा पुर्‍याएका थिए।

उनी आउट हुँदा यूएई ४ विकेटको क्षतिमा १४० रनको बलियो स्थितिमा पुगिसकेको थियो। विविसि बाट साभार

क्यानले कारबाही गरेका चार जनासहित ११ खेलाडी गएनन् बन्द प्रशिक्षणमा

वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी प्रशिक्षणमा नगएका हुन्।

क्यानले गरेको क्रिकेट खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण उनीहरूलाई क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो। ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएको थियो।
प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल सहितका खेलाडीको समर्थनमा रहेका अन्य खेलाडी पनि अनुपस्थित भएका छन्।
रोहितकुमार पौडेल, करण केसी, अविनाश बोहोरा, विनोद भण्डारी, सुसन भारी, नन्दन यादव र कुशल भुर्तेल पनि बन्द प्रशिक्षणमा गएका छैनन्। अन्य केही खेलाडी पनि अनुपस्थित भएको बताइएको छ। अरू को-को अनुपस्थित भए भन्ने विस्तृत विवरण आइसकेको छैन।
बन्द प्रशिक्षणका लागि सुरूमा होटलमा रिपोर्टिङका लागि बोलाइएको थियो। त्यसमा खेलाडी अनुस्थित भएपछि सोमबारदेखि बन्द प्रशिक्षण गर्ने क्यानले जनाएको छ।
क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो। बन्द प्रशिक्षणका लागि नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइसकेका छन्। क्यानले सहायक प्रशिक्षक अझै नियुक्त गरेको छैन।

बन्द प्रशिक्षणमा सहभागी हुनुअघि कारबाहीमा परेका खेलाडीहरूले क्यानलाई पत्र लेख्दै कारबाही फिर्ता भए/नभएको जवाफ मागेका थिए। क्यानले वर्गीकरणको विषयमा सच्याउन सकिने बताए पनि कप्तान भने परिवर्तन नहुने जवाफ दिएको थियो।
तर खेलाडीहरू कप्तान ज्ञानेन्द्र नै हुनुपर्ने अडानमा छन्। क्यान खेलाडीहरूलाई कारबाही फिर्ता नगर्न अड्डी कसेर बसेको छ।फेब्रुअरीमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकिएको हो।

बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडी
सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, शरद भेसवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सराफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सानकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल, हरिशंकर साह

दिपज्योती युवा क्लवको भलिबल उपाधि भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुरा लाई

डडेल्धुरा (दिपकराज भट्ट)— डडेल्धुराको दिपज्योती युवा क्लव अमरगढी ५ डडेलधुरा द्वारा आयोजित अजयमेरु गाउपालिका चमडामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुराले हात पारेको छ । पुरुस्कार ३०३३३, २००००,१०००० क्रमश प्रथम द्धितिय र तृतीय रहेको थियो।

फाईनलमा अजयमेरु रोल्ली हाट संग भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुराले प्रतिसपर्धा गरेको थियो । भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुराको टिम कोचको जिममेवारी भुवन भाटले लिएका थिए ।
खेलमा ८ टिम सहभागि रहेको आयोजकले जानकारि दिएको छ । कार्यक्रम हिजो सुरु भएको थियो भने आज समापान भएको थियो । कार्यक्रमा प्रमुख अतिथि सुदुुरपश्चिम प्रदेशका माननीय गोविन्द राज बोहरा रहेका थिए ।

डागेश्वर एकता स्पोर्टस क्लब अजयमेरुको भलिवल उपाधी भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुरा लाई

डडेल्धुरा — डागेश्वर एकता स्पोर्टस क्लब अजयमेरुको आयोजनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता समापन भएको छ ।
प्रतियोगिताको उपाधी भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुराले हात पारेको छ भने फाईनलमा भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुराले भागेश्वर सेवा समाज लाई पराजय गरेको थियो । पुरुस्कार नगद २५५२५ ट्रफि प्रमाणपत्र मेडल रहेको थियो । कार्यक्रममा अजयमेरु गाउपालिकाका अध्यक्ष प्रमुख अतिथि उमेश भट्ट (बिकास) रहेका थिए ।

डडेल्धुराको कोेरालमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–५ कोरालमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दिपावलीको अवसरमा विगतका वर्ष झै यस वर्ष पनि भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । दुर्गा भगवती युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको क्लवले जनाएको छ ।
कार्तीक १६ गते मंगलबार देखि सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित ट्रफि, प्रमाण पत्र र मेडल रहेको छ । यस्तै द्धितिय पुरस्कार २१ हजार र तृतिय पुरस्कार ११ हजार रुपैयाँ सहित प्रमाण पत्र र मेडल रहेको क्लवका अध्यक्ष नरेन्द्र भाटले जानकारी दिए । मंगलबार दिउसो १२ बजे औपचारिक रुपमा उद्घाटन गरिने प्रतियोगितामा सहभागी टिमका लागी दर्ता शुल्क दुई हजार पाँच सय तोकिएको छ ।

भारतसँग नेपाल पराजित, फाइनल पुग्ने सम्भावना कायमै

माले, माल्दिभ्स — साफ च्याम्पियनसिप २०२१ मा आइतबार भारतको हातबाट नेपाल १–० ले पराजित भएको छ । भारतका लागि एक मात्र गोल ८२ औं मिनेटमा सुनील क्षेत्रीले गरे ।
उनले नजिकको दूरीबाट हेडबाट गोल गरेका हुन् । यो हारपछि नेपाल ६ अंकमै सीमित रह्यो र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।
आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । बंगलादेश चार अंकमा चौथो स्थानमा छ । अब लिग चरणको अन्तिम दिनको खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्नेछ । नेपालले बंगलादेशविरुद्ध एक अंक बटुल्न सके पनि त्यो नेपालका लागि फाइनल पुग्न पर्याप्त रहनेछ ।
खेलको अधिकांश समय नेपालले पूर्णतस् रक्षात्मक भएर खेलेको थियो । खेलको १८ औं मिनेटमा सुनील क्षेत्रीले नेपालको पेनाल्टी एरियामा दबाब सिर्जना गरे पनि त्यो निर्णायक प्रतिफल निस्केन । लगतै कर्नरमा सुनीलको हेड प्रहार पोस्टको माथिबाट बाहिरियो । यस्तै ४२ औं मिनेटमा भारतका मनवीर सिंहले नेपालको पोस्ट नजिकबाट मौका पाए पनि त्यसको फाइदा उठाउन सकेन ।
भारतले ५५ औं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिर फ्रिकिक पाएको थियो, तर त्यसमा ब्रेन्डेन फर्नान्डेजको प्रहार बाहिरिएको थियो । लगतै मनवीर सिंहले नजिकको दूरीबाट गरेको हेडलाई नेपाली गोलरक्षक किरण लिम्बूले बचाउ गरे । पूरा खेल अवधिमा नेपालले भने कुनै गतिलो आक्रमण बुन्न सकेन ।

सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

धनगढी — धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । आज भएको फाइनल खेलमा डडेल्धुरालाई ३—० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी चुमेको हो ।
पहिलो म्याच २५ः२२ ले जितेको डोटीले दोश्रो म्याच सजिलै २५ः१३ ले जितेको थियो । त्यस्तै अन्तिम म्याच १७ः १७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५र२१ सजिलै उपाधी माथी कब्जा जमाउन सफल रह्यो ।
उपाधिसंगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले पच्चिसरपच्चिस हजार नगद सहित ट्रफी प्राप्त गरेका छन ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काले बिजयी टिमलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए । प्रतियोगिता यहि असोज २०—२३ गतेदेखि धनगढी स्थित रंगशालामा शुरु भएको थियो ।

क्रिकेट संघका उपाध्यक्ष र सचिवले दिए राजीनामा

नेपाल क्रिकेट संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।
उनीहरुले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पद छाडेको घोषणाा गरेका हुन् । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।