कंचनपुर -कञ्चनपुरको कुष्णपुर नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका कृषक समुह मार्फत किसानहरुलाई उत्पादन संग जोडी किसानहरुको आएआर्जनमा जोड दिन बिभिन्न बिउ बिजन र कृषी सामाग्री बितरणमा जोड दिन थालेको छ । नगर क्षेत्रका कृषहरुको हक हितका लागी तरकारी पकेट,केरा पकेट,धान सुपर जोन लागयत एक वडा एक उत्पादनको अवधारण अनुरुप नगरपालिकाले बिभिन्न अनुदानहरु दिदै आएको छ ।



नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत कृषी शाखाको सहयोगमा सोमबार नगरपालिकाको वडा नं ८ मा अवस्थित मोहना कुषक समुह र सुनसरी कृषक समुहद्धारा आयोजित एक वडा एक उत्पादन सम्बन्धि बिउविजन तथा कृषी औजार बितरण कार्यक्रम मार्फत कुषक समुहमा आवद्ध कृषकहरुलाई ५० प्रतीशत अनुदानमा बिभीन्न प्रकारका तरकारीका बिउ लगायत हजारी,स्प्रे ,पोलेथिन पाईप बितरण गरिएको थियो ।
सोही कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले कृष्णपुर नगरपालिकाले नितिगत रुपमा एक वडा एक उत्पादन कार्यक्रम गत आर्थिक बर्ष देखि नै अगाडी सारेको बताउदै कृषकहरुको हक हितका लागी नगरपालीका लागी परेको बताउनुभयो । उहाले नगरपालीकामा कृषि क्षेत्रमा रहेका समस्याहरुको पहिचान गरी समाधानका लागी पहल चालीने बताउदै कृषि गर्न चाहाने कृषकहरुका लागी नगरपालीकाले बिभीन्न कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो ।
कृष्णपुर नगरपालिकाका कृषी शाखा प्रमुख लाल बहादुर धामीले कृषि पेशालाइ सम्मानित पेसा बनाउनका निमीत्त एक वडा एक उत्पादन कार्यक्रम ल्याएको बताउदै सोहि कार्यक्रम अन्तर्गत ५० प्रतिसत अनुदानमा बिउबिजन तथा कृषि सामाग्री बितरण गरीएको बताउनुभयो । उहाले नगरपालीकाको ५० प्रतिसत मोहना कुषक समुहका लागी १ लाख ३५ हजार र सुनसरी कृषक समुहका लागी १ लाख ३५ गरी जम्मा २ लाख ७० हजार र दुबै कृषक समुहको ५० प्रतिसत अर्थात २ लाख ७० हजार गरी जम्मा ५ लाख ४० हजारमा उक्त सामाग्री तथा बिउबिजन बितरण गरीएको बताउनुभयो ।
एक वडा एक उत्पादन कार्यक्रमका संयोजक बल बिर चौधरीले नगरपालीकाले लागु गरेको यस कार्यक्रमले गर्दा कृषकहरुलाई राहत मिलेको बताउदै यस प्रकारका कार्यक्रमले कृषि गर्न चाहाने कृषकहरुका लागी सुसि ब्यक्त गर्नुभयो ।
कृष्णपुर नगरपालिकाका वडा नं. –८ कारहेको मोहना कृषक समुहका उप सचिव भक्त बहादुर चौधरी फुलमती चौधरीले कृष्णपुर नगरपालिका द्धारा किसानहरुलाई बिउबिजन बितरण तथा कृषि औजार वितरण गरेको प्रति खुसी ब्यक्त गर्दै नगरपालीका मार्फत अन्य पहलहरुका लागी पनि आग्रह गर्नुभएको छ ।

























