२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

एलपीएल : लिटल फ्लावर सेमिफाइनलमा

धनगढी, २४ फागुन । लिटल फ्लावर स्कुल चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर सेमिफाइनलमा पुगेको हो ।

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।लिटलको जितमा नरेन भट्टले ३० रन जोड्दा मनोज चनाराले १६ रन बनाए । निरज चन्द १३ रनमा अविजित रहे ।

त्रिनगरका बसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो ।

उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए ।लिटलका सचिन भट्टले ४ विकेट लिए । मनोज चुनारा र नरेन भट्टले ३/३ विकेट लिए ।

यस जितसँगै लिटल फ्लावर समूह ‘ख’ बाट सेमिफाइनलमा पुगेको हो ।यस समूहका तीन टिमको समान अंक भएपछि नेट रन रेटको आधारमा लिटल फ्लावर सेमिफाइनलमा पुगेको हो ।

यस समूहका लिटल फ्लावर, शारदा स्कुल र विद्या भुषणले समान ४/४ अंक जोड्यो । तर, नेट रन रेटमा लिटल अघि रह्यो ।प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।विजेताले १ लाख २० हजार पाउने छन् ।त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।