२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

नेपाली सेनाले नि:शुल्क स्वास्थ शिविर, खेलकुद तथा राहत कार्यक्रम गर्यो

विकट क्षेत्रमा बसोबास गर्ने नागरिकहरु आर्थिक, सामाजिक, शैक्षिक रुपले निकै पछाडि परको अवस्था छ । सामान्य स्वास्थ्य उपचार सम्म पहुँच स्थापित गर्न नसकेका जिल्लाको विकट क्षेत्रका स्थानियलाई स्वास्थ्य उपचारमा सहजता गराउनको लागि नेपाली सेनाले सप्ताहव्यापी रुपमा निशुल्क स्वास्थ्य शिविर तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको छ

सेनाको श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेक, श्री देवीदल गण मझगाउँ ब्यारेक र श्री दल गुल्म भगतपुरको संयुक्त सहकार्यमा महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर २२ गते देखि २८ गते सम्म जिल्लाको विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको सेनाले जनाएको छ । सेनाको श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनी पती सहायक रथी कृष्ण बहादुर जिसीले जिल्लाको ४ ठाउँमा ५ दिन स्वास्थ्य शिविर र २ दिन खेलकुद कार्यक्रम आयोजना गरिएको बताए ।

“जिल्लाको भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा, वेदकोट नगरपालिकाको मुसेपानी र जडेपानीमा, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा गरेर चार ओटा ठाउँमा सेनाले स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ ।” बाहिनी पती सहायक रथी कृष्ण बहादुर जिसीले भने, “विकट क्षेत्रमा पनि वादी, राउटे, दलित, विपन्न परिवार र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पिडित विभिन्न समुदायको स्वास्थ्य क्षेत्रको पहुँचलाई लिएर स्थानिय तहसँग समुन्वय गरेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरिएको थियो, विशेष गरेर सप्ताहव्यापी कार्यक्रमको मुख्य उदेश्य भनेको नै विपन्न तथा विटक क्षेत्रको स्थानिय नागरिकको स्वास्थ्य चेकजाँच तथा उपचार गर्ने हो ।”

सेनाले स्वास्थ्य शिविरमा प्यारा मेडिक्स, GOPD, GYNC, EMERGNCY, EYE, OPD डेन्टल इएम् , औषधी वितरण, रेडियोलोजी, प्याथोलोजी लगायतका स्वास्थ्य उपचार राखिएको बाहिनी पती सहायक रथी जिसीले बताए । बाहिनी पती सहायक रथी जिसीका अनुसार सेनाले आयोजना गरेको स्वास्थ्य शिविर कार्यक्रममा प्रति दिन पाँच देखि सात सय सम्म स्थानिय नागरिक आउने अपेक्षा गरिएपनि …स्वास्थ्य शिविरमा नागरिकको धेरै सहभागिता रहेको अवस्था छ ।

शनिवार मात्रै..भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा गरेको स्वास्थ्य शिविरमा ०००० स्थानिय नागरिको जन सहभागिता रहेको श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । यो सँगै सेनाले विभिन्न संघ सस्थाको सहयोगमा ४० जना राउटे तथा बादी समुदायका मानिसहरुलाई कम्मल लगायतका खाद्यान्न सामग्री पनि वितरण गरेको छ ।

सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानिय भने खुसी भएका छन् । सेनाले सञ्चालन गरेको शिविर बृहत रुपमा भएको र स्वास्थ्य चेकजाँच पनि राम्रो भएको भन्दै स्थानिय खुसी भएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।