२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

नवदुर्गा सामुदायिक व.उ.स को १० औं साधारण सभा सम्पन्न : अध्यक्षमा बुढा

जनक महरा/ कंचनपुर – कंचनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ मा रहेको श्री नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १० औं साधारण सभा सम्पन्न भएको छ ।

सामुदायिक वनको अध्यक्षमा सर्वसहमतले जङ्ग बहादुर बुढा चयन हुनु भएको छ । सामुदायिक वनको गठित समितीलाई कृष्णपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतले स्वागत गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बस्नेतले केही समय यता यो सामुदायिक अरु भन्दा पछाडी परेको र अब व्याबस्थित भएर अघि बढ्नु पर्ने बताए । उनले भने ” सामुदायिक वन समूह को काम भनेको वन जङ्गलको संरक्षण र वन उपभोक्ताको आवश्यक अनुसारको काम गर्ने समिति भएकोले सबैले आफ्नो काममा अडिक भएर लाग्नु पर्ने बताए ।

त्यसै बिच कार्यक्रममा निवर्तमान निर्वाचित अध्यक्ष जङ्ग बहादुर बुढाले सबैको साथले अघि बढ्न सहज हुने र सबै एक जुट भएर अघि बढ्नु पर्ने बताए । उनले भने, म सधै सामुदायिक वनको राम्रो पक्षमा सधै एक कदम अघि रहदै आफ्नो कार्यकालमा केही फरक र नया तरिकाले काम गर्ने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।