२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

कंचनपुर प्रहरीले  ६ जना जुवाडे  नियन्त्रणमा

कंचनपुर। शनिबार कंचनपुर प्रहरीले  ६ जना जुवाडे  नियन्त्रणमा लिएको छ। जुवातास खेलिरहेको अवस्थामा प्रहरिले  जिल्लाको बेदकोट न.पा. ०३ दैजी बजार स्थित  अर्जुन सिह भण्डारीले संचालन गरेको अर्जुन होटल रेष्टुरेन्टबाट पक्राउ गरेको हो।

जुवातास भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलिले उक्त अर्जुन होटल रेष्टुरेन्टमा कानुन अनुसार खानतलासी गर्दा जुवा खेलमा संलग्न ६ जना ब्यक्तिहरुलाई रु ५०,५९५।- र ५२ पती भएको १ बुक  तासको गड्डी सहीत नियन्त्रण लिएको प्रहरी प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए।

पक्राउ पर्ने हरुमा भिमदत्त नगरपालिका ०६ बस्ने २८ वर्षीय सुदिप भट्ट ,४० वर्षीय शिबराज जोशी, ३० वर्षीय केशब कार्की रहेका छ्न भने वडा नं. ७ बस्ने बस्ने ५० वर्षीय केशब राज भट्ट, वडा नं. ९ बस्ने ४५ वर्षीय प्रकाश जोशी र वडा नं. ३ बस्ने ३२ वर्षीय बिष्णु शाही रहेका छ्न।


पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा  राखी  उनिहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।