२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

अत्तरियाका कृयशिल पत्रकारहरु आबद्ध, गोदावरी पत्रकार मञ्च गठन

कैलाली- कैलालीको अत्तरियामा रहेका बिभिन्न मिडियामा आबद्ध कृयशिल पत्रकारहरुको साझा मञ्च गोदावरी पत्रकार मञ्चको पूर्ण कार्यसमिती चयन गरिएको छ ।

आज सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक एबम् पर्यटकिय स्थल गोदावरी बसेको अत्तरियाका कृयशिल पत्रकारहरुको भेलाले गोदावरी एफ एमका सम्पादक हेमराज भट्टको अध्यक्षतामा १५ सदस्यि पूर्ण कार्यसमिती सर्वसम्मत चयन गरिएको हो । जसको उपाध्यक्षमा टिभी टुडेको सुदूरपश्चिम संयोजक अनिल पन्त , सचिवमा सेतो हिमाल दैनिक पत्रिकाका नरेश नाथ योगी , सह सचिबमा सुदूरपश्चिम बिजनेशका खेमराज भट्ट , कोषध्यक्षमा टिभी टुडेकी करिश्मा सिंह चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रेडियो प्रदेश सेभेनका दिर्घ शाही , अत्तरिया न्यूजका संचालक प्रकाश बोहरा , अग्नी पोष्टका आकाश कार्की , खबरदारी न्यूजका दिपक ओझा , खबरदारी न्यूजका संचालक जनक महरा , सेतो हिमालका बिकास बि क , सुदूरखबर अनलाईनका गोपाल जोशी , गोदावरी एफ एमकी संगिता खड्का , पुनरवास टाइम्सकी रोशनी सार्की , टिभी टुडेका भाष्कर कलौनी चयन भएका छन् ।

यस्तै सो समितिको प्रबक्तामा कामधेनु पोष्टका संचालक प्रेम बिष्टलाई चयन गरिएको छ । यस्तै उक्त भेलाले अत्तरिया क्षेत्रमा लामो समय पत्रकारिता गर्दै आएका मिडियाका संचालकहरुलाई सल्लाहकारमा चयन गरेको छ ।

सल्लाहाकारहरुमा गोदावरी एफएमकका प्रबन्ध निर्देशक गोविन्द रोश्यारा , रेडियो प्रदेश सेभनका प्रबन्ध निर्देशक शेर बहादुर शाह , सेतो हिमाल दैनिकका संचालक कैलाश कुमार जोशी , अग्नी पोष्टका संचालक गिता कुमारी जोशी , पत्रकार पिआर चटौत , बिरेन्द्र भट्ट र कैलाश जोशी रहेका छन् ।

उक्त समितिले अत्तरिया क्षेत्रमा कृयशिल पत्रकारहरुका हक हितका साथै यहाँका समस्याहरुलाई सामुहिक रुपमा उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अध्यक्ष भट्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।