काठमाडौँ,२१फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) देखि नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताएका छन् ।



सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताएका हुन् ।
उनले शुक्रवार नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताए ।
प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता ‘फोर्स ल्याण्डिङ’ वा ‘ क्र्यास ल्याण्डिङु नभइ ‘सेफ ल्याण्डिङ’ भएको बताए ।
Views: 204


















