कञ्चनपुर,२० फागुन । कञ्चनपुरको दक्षिणी क्षेत्र नेपाल भारत सिमावर्ती क्षेत्र पुनर्वासमा भारतीय राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले निकैनै सास्ती दिई रहेको छ। बुधबार राति दुधवा नेशनल पार्कबाट नेपाल भारत सीमा पिल्लर नम्बर १ सय ७१ देखि १ सय ८४ बाट ३ झुण्ड जङ्गली हात्तीको बथान बच्चा सहित नेपाल तर्फ पसेको खबर प्राप्त भएको छ।



भारतीय दुधव नेशनल पार्क गौरीफन्टा रेन्जर पोष्टका इन्चार्ज खडक बहादुर र तिरथपुर चौकीका कर्मचारी राजाराम तिवारी र रमेश पाण्डेले दिएको जानकारी अनुसार उक्त जङ्गली हात्तीको बथान नेपाल तर्फ पसिसकेको जनाएको छ । सो हात्तीको बथान नेपाल तर्फ पसिसकेकोले अप्रिय घटना घट्ना नदिन सिमावर्ती नेपाली नागरिकमा उच्च सतर्कता अपनाउन कुण्डा सब डिभिजन बन कार्यालय बाईसी बिचुवाले अनुरोध गरेको छ।
दुधवा नेशनल पार्क सग सिमा जोडिएका पुनर्वास नगरपालिकामा हात्तीको जत्था देखिएमा तुरुन्त आफ्नो टोल समाज, सुरक्षाकर्मी वा कुण्डा सब डिभिजन बन कार्यालयलाई सुचना दिई सम्भावित दुर्घटना बाट बचाउन र जनताको धन जनको क्षति हुन नदिन सम्पुर्ण सचेत नागरिकमा मद्दत गर्न कुण्ड सब डिभिजन वन कार्यालयका इन्चार्ज दिनेश कुमार यादवले अपिल गरेका छन्।

























