कंचनपुर। कंचनपुरको कृष्णपुर नगरपालिका २ बंकमा रहेको उदय माध्यमिक बिद्यालयमा नेपाल प्रहरी सामुदायिक प्रहरी व्यावस्थापन समितिको आयोजनामा लागू औषधि विरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।



“हर प्रहर ,गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी ” भन्ने नाराका साथ कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न जनचेतना , लागू औषधिको असर बारे जानकारी गराईएको छ ।
सामुदायमा लागू औषधिका घटना बढिरहेकोले यसको नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।
सामुदायिक प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरी , स्थानीय तह ,सामुदाय ,सामाजिक संस्था तथा विद्यालय बिच समन्वय गराउन कार्यक्रम गरिएको हो ।
Views: 231

























